शुक्रबार बाँकेका ६० जना कोरोना संक्रमित डिस्चार्ज

  ।   २०७७ आश्विन २, शुक्रबार ०७:४७

बाँके । बाँके जिल्लामा शुक्रबार थप ६० जना कोरोना भाइरस संक्रमितहरु संक्रमणमुक्त भएर घर फर्किंदै छन् ।

शुक्रबार संक्रमणमुक्त भइ घर फर्किनेमा १९ जना महिला र ४१ जना पुरुष रहेका छन् ।

यहाँ बिरामीको निको हुने दर ७७.१० प्रतिशत, विरामी मृत्यु दर ०.५८ र रोगको प्रकोप डर ०.२६ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।

बाँकेमा हालसम्म कोरोना संक्रमित संख्या एक हजार ५४६ पुगेको छ ।

संक्रमित मध्ये एक हजार १९२ जना निको भइ डिस्चार्ज भएका छन् भने कोरोनाबाट हालसम्म ९ जनाको मृत्यु भएको छ ।

बाँके जिल्ला र बाहिरीका संक्रमित गरि अहिले ३४८ जना आईसोलेसमा रहेका छन् ।

Next Post

भारतमा मोदीले जन्मदिन मनाइ रहँदा युवाले मनाए बेरोजगार दिवस

२०७७ आश्विन २, शुक्रबार ०७:४७
काठमाण्डौ । १७ सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७० औं जन्मदिन मनाइ रहँदा केही युवाले भने राष्ट्रिय बेरोजगार दिवस बनाएका छन् । रोजगारी नपाएका युवाले भारतका विभिन्न ठाउँमा बेरोजगार दिवस बनाएर प्रधानमन्त्री मोदीलाई दबाब दिएका छन् । बेरोजगार दिवस मनाइरहेका युवालाई प्रमुख प्रतिपक्षी दलहरुले पनि समर्थन गरेका बीबीसी हिन्दीले जनाएको […]