यूईएफए नेसन्स लिगका लागि पोर्चुगलको टिम घोषणा, पहिलो खेल क्रोएसियासँग

  ।   २०७७ भाद्र ९, मंगलवार ०७:५८

काठमाडौं । साविक विजेता पोर्चुगलले यूईएफए नेसन्स लिग फुटबलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।

पोर्चुगलले सोमबार क्रोएसिया र स्विडेनसँगको खेलका लागि २५ सदस्सीय टिमको घोषणा गरेको हो ।

पोर्चुगलले दुई खेलमा लागि ७ फरवार्डलाई टिममा राखेको छ । फरवार्डमा क्रिस्टियानो रोनाल्डोसँगै आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा, डिएगो जोटा, गोन्सालो गुइडेस, जोआ फेलिक्स र ट्रिनकाओ रहेका छन् ।

मिडफिल्डरमा ब्रुनो फर्नान्डेस, डानिलो पेरीरा, आन्द्रे गोमेस, रुबेन नेभेस,जोआ माउटिन्हो, रेनाटो सान्चेज र सेर्गियो ओलिभिरा रहेका छन् ।

पोर्चुगलले घोषणा गरेको टिमको डिफेन्डरमा पेपे, जोआ कान्सेलो, नेल्सन सेमिडो, डोमिन्गोस डुआर्ट, जोसे फोन्टे, रुबेन डियास, मारियो रुइ र राफेल गुएरेरो छन् ।

गोलकिपरमा एन्थोनी लोपेज, रुइ प्याट्रीसिओ र रुइ सिल्भा रहेका छन् । पोर्चुगलले पहिलो खेलमा क्रोएसियासँग सेप्टेम्बर ६ मा खेल्नेछ ।

यस्तै सेप्टेम्बर ९ मा स्विडेनको सामना गर्नेछ । गत वर्ष पोर्चुगलले फाइनलमा नेदरल्यान्ड्सलाई १–० गोलले हराएर उपाधि जितेको थियो । ईमेजखबर

Next Post

Infection of two senior doctors against covid 'frontliner' in Banke

२०७७ भाद्र ९, मंगलवार ०७:५८
Nepalgunj / Two doctors working on the frontline in the campaign against Kovid-19 in Banke have contracted corona. Senior Physician Dr. Rajan Pandey and Dr. Sanket Risal is in isolation after infection. Both have publicly stated that they have an infection and are in normal health. Corona was seen in […]