बाँके जिल्लामा कोरोना सङ्क्रमितको संख्या तीन हजार तीन सय नाघ्यो

  ।   २०७७ कार्तिक २२, शनिबार १८:१८


बाँके । बाँके जिल्लामा कोभिड– १९ (कोरोना भाइरस) सङ्क्रमितको संख्या तीन हजार तीन सय नाघेको छ ।

गएको २४ घण्टामा ५६ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको संख्या तीन हजार तीन सय ९२ पुगेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ३५ जना कोरोना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या तीन हजार २२ पुगेको बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश बाबु श्रेष्ठले जनाकारी दिनुभयो । अब बाँकेमा तीन सय ३५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै कोरोनाको संक्रमणबाट बाँके जिल्ला भित्रका ३५ जना र जिल्ला बाहिरका यस जिल्लामा २८ जना गरि ६३ जनाको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ ।

बाँकेमा बिरामी निको हुने दर ८९.०९ प्रतिशत, मृत्यु दर १.०३ प्रतिशत र रोगको प्रकोप दर ०.५६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा २१८ जनाको पीसीआर स्याम्पल जाँच गरीएको थियो ।

Next Post

घोडाबाट लडेर कर्णालीका मुख्यमन्त्री शाही घाइते

२०७७ कार्तिक २२, शनिबार १८:१८
सिमकोट । शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडी गाउँ र लिमाटाङ्ग गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेर सामान्य घाइते हुनुभएको छ। सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायले घोडामा चड्नका […]