अभियान सफल पार्न विभिन्न जनवर्गीय संगठनसँग माओवादी

  ।   २०८० भाद्र ११, सोमबार १६:१६

नेपालगन्ज । यही भदौ १६ गतेबाट देशैभर एकसाथ ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्न लागेको माओवादी केन्द्रको केन्द्रीय कार्यक्रम अन्तर्गत माओवादी केन्द्र बाँकेले अभियान सफल बनाउन तिब्र तयारी गरिरहेको छ ।

तयारी स्वरुप माओवादी केन्द्र बाँकेले जिल्लाका ८ वटै पालिकामा पालिकास्तरिय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गरिसकेको जनाएको छ । सोमबार नेपालगन्जमा जिल्लामा सक्रिय पार्टीका विभिन्न जनवर्गीय संगठनहरु सँग छलफल तथा प्रशिक्षण कार्यक्रम गरेको छ । छलफल तथा प्रशिक्षण कार्यक्रमलाई लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं बाँके जिल्ला इन्चार्ज कुल प्रसाद केसी सोनाम र बाँके जिल्ला संयोजक नरेन्द्रप्रसाद पाण्डे जेम्सले सम्बोधन गर्नु भएको थियो।

इन्चार्ज सोनामले माओवादीभित्र तलदेखी माथिसम्मै अराजकता, सुशासन नमान्ने, नियम कानून नमान्ने, नीति र बिधीभित्र नबस्ने, पार्टीको हित भन्दा निहित स्वार्थमा लाग्ने लगायतका प्रवृतिका कारण पार्टी यो स्थितीमा पुगेको बताउनु भयो । उहाँले अब पार्टी बनाउन सबै स्वार्थ छाडेर जनताको काममा ध्यान दिनुपर्ने भन्दै माओवादी नेता तथा कार्यकर्ता सुध्रिनु पर्ने र सुध्रिनका लागि यो राम्रो अवसर भएको बताउनु भयो । नेता सोनामले माओवादीकै नेतृत्वमा सडक, बिद्युत, शिक्षा, स्वास्थ्य लगायतका कैयौं धेरै कामहरु भएको तर जनताले माओवादीलाई किन अस्वीकार गरे ? किन रुचाएनन ? भन्ने बिषयमा गम्भीर समिक्षा गर्नु पर्ने बताउनु भएको हो ।

उहाँले यो अभियानमा यो प्रश्न जनतासङ्ग सोधेर उत्तर लिएर आउनका लागि जनवर्गीय संगठनका नेतृत्वहरुलाई निर्देशन समेत दिनु भएको हो । संयोजक जेम्सले पार्टी सङसङै पार्टीका सम्पुर्ण विभाग, निकाय तथा जनवर्गीय संगठन समेत बिग्रेर फेल भैसकेको भन्दै अभियान सङ्गै पार्टी र पार्टीका सम्पुर्ण निकाय तथा जनवर्गीय संगठनहरु एकएक गरेर नयाँ ढंगबाट रुपान्तरण भएर उठ्नुपर्ने बताउनु भयो । उहाँले ८१ वटै वडाबाट सम्पुर्ण जनवर्गीय संगठनहरु एकैसाथ जुरमुराएर जाग्नु पर्ने भन्दै सहभागी जनवर्गीय संगठनका नेताहरुलाई कम्मर कसेर लाग्न निर्देशन दिनु भयो । कार्यक्रममा महिला, विद्यार्थी, पत्रकार, युवा, किसान, सुकुम्वासी, थारु, मधेसी, मुश्लिम, जनजाति लगायतका जिल्लामा सक्रिय रहेका विभिन्न जनवर्गीय संगठनका नेताहरुको सहभागिता रहेको थियो ।

Next Post

जनवर्गीय संगठनको कार्यतालिका प्रस्तुत गर्दै माओवादी बाँके संयोजक नरेन्द्र

२०८० भाद्र ११, सोमबार १६:१६
नेपालगन्ज । यही भदौ १६ गतेबाट देशैभर एकसाथ ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्न लागेको माओवादी केन्द्रको केन्द्रीय कार्यक्रम अन्तर्गत माओवादी केन्द्र बाँकेले अभियान सफल बनाउनका लागि विभिन्न कार्यक्रमहरुको कार्ययोजना तयार गरेको छ । कार्ययोजना अन्तर्गत माओवादी केन्द्र बाँकेले जिल्लाका ८ […]

सम्बन्धित समाचार