लियोनलाई हराउँदै बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा

  ।   २०७७ भाद्र ४, बिहीबार ०६:२२

काठमाण्डौ । बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

राति भएको खेलमा लियोनललाई ३ शून्यले हराउँदै बायर्न फाइनलमा पुगेको हो । बायर्नको जितमा सर्ज गनाब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

अब च्याम्पियन्स लिगको उपाधिको लागि बायर्न र पेरिस सेन्ट जर्मेन ९पीएसजी० आउँदो आइतबार खेल्नेछन् । पहिलो सेमिफाइनलमा आरबी लेइप्जिगलाई ३ शून्यले हराउँदै पीएसजी फाइनल पुगेको थियो । उज्यालो अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा आजबाट निषेधाज्ञा

२०७७ भाद्र ४, बिहीबार ०६:२२
नेपालगन्ज । कैलालीमा आज राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यस अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यक वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन […]