नेपालगन्ज-१ का वडा अध्यक्ष रिजाल संगै ११ जना घर फर्किदै

  ।   २०७७ भाद्र १, सोमबार ०९:३८

नेपालगन्ज / नेपालगन्ज-१ का वडा अध्यक्ष सहित उपमहानगरपालिकाका ४ अधिकृत लगायत ११ जना कोरोना जितेर डिस्चार्ज हुनुभएको छ । आजै (सोमबार) आ-आफ्नो घर फर्किदै हुनुहुन्छ ।

कोरोना विशेष अस्पताल खजुरामा भर्ना हुनुभएका अध्यक्ष रिजाल लगायत उपमहानगरपालिकाका ४ जना अधिकृतहरुलाई साउन १९ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि पछि नेपालगन्जमा निकै ठूलो हो-हल्ला भएको थियो । अध्यक्ष रिजाललाई कोरोना लक्षण देखापरे पछि जांच गराउदा पुष्टि भएको थियो । अध्यक्ष रिजालले भन्नू भयो,” आज कोरोना जितेर घर फर्किदै छु ।”
कोरोना विशेष क्यान्सर अस्पताल खजुरा, डेन्टल र आदर्शनगर स्थित आइसोलेसनमा उपचाररत ११ जना डिस्चार्ज हुनुभएको हो । जनस्वास्थ्य फोकल पर्सन नरेश श्रेष्ठले सार्वजनिक गर्नुभएको तालिका अनुसार बाँकेमा हालसम्म ४ सय ५५ जना डिस्चार्ज हुनुभएको छ भने २ सय ७२ जना कोरोना संक्रमितहरु आइसोलेसनमा उपचाररत अवस्थामा हुनुहुन्छ ।

Next Post

अनुहार हेरेर कर्णाली प्रवेश गर्न दिइने छैन: मुख्यमन्त्री शाही

२०७७ भाद्र १, सोमबार ०९:३८
नेपालगन्ज/ कोरोना जनस्तरमा फैलने संकेत देखा पर्न थालेपछि कणाली प्रदेश सरकारले आज भदौ १ गतेदेखि पिसीआर टेस्ट (कोरोना नेगेटिभ ) बिना कर्णाली प्रदेशमा प्रवेश गर्न नपाइने नियम लागू गरेको छ । साउन ३० गते बसेको प्रदेश संकट व्यवस्थापन केन्द्र ( पिसिएमसी) ले भदौ १ गते आज देखि लागु हुनेगरी कर्णाली […]

सम्बन्धित समाचार