कपिलवस्तु प्रहरीद्वारा साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जना पक्राउ

  ।   २०८० आश्विन १४, आईतवार १२:११

कपिलवस्तु । कपिलवस्तु प्रहरीले साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई पक्राउ गरेको छ ।

अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दनसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको हो । कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको बताउनुभयो । कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ पत्थर कोटमा चेक जाँचका क्रममा रक्त चन्दनको काठ, २ वटा गाडी र ८ जनालाई नियन्त्रणमा लिइएको उहाँको भनाइ छ ।

रक्त चन्दनको काठ र पक्राउ गरिएको व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तुमा पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो । पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका ३ का टिकाराम पाण्डे, शिव भर, विकास पौडेल, सतिस पन्त, राम सेवक चौधरी, दीपक कार्की र अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ७ का गोकुल दर्लामी र मालारानी गाउँपालिका ३ का नीम बहादुर नेपाली रहेका छन् ।

Next Post

धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

२०८० आश्विन १४, आईतवार १२:११
धार्दिङ । धार्दिङ नेत्रावती गाउँपालिकाका मंगल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। सोही ठाउकी सुकमाया गुरूङलाई धारिलो हतियार खुर्पा प्रहार गरि हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । सुकमाया आफ्नै घर नजिक सडकमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी टोड्केबाट […]

सम्बन्धित शीर्षक