धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

  ।   २०८० आश्विन १४, आईतवार १२:३५

धार्दिङ । धार्दिङ नेत्रावती गाउँपालिकाका मंगल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। सोही ठाउकी सुकमाया गुरूङलाई धारिलो हतियार खुर्पा प्रहार गरि हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सुकमाया आफ्नै घर नजिक सडकमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी टोड्केबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानको क्रममा मंगलको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको थियो ।

साथै सोधपुछको क्रममा पुरानो रिसइवी तथा बाख्राले बाली खाएको विषयलाई लिएर खुर्पा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । थप आवस्यक अनुसन्धानका लागि प्रहरीले आफ्नो सक्रियता बढाएको जिल्ला प्रहरी कार्यलय धार्दिङले जनाएको छ।

Next Post

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ

२०८० आश्विन १४, आईतवार १२:३५
बाँकेको नेपालगंज उपमहानगरपालिकाका राजेश गिरि लागुऔषध ओसारपसारको अभियोगमा पक्राउ पर्‍का छन । शुक्रबार दिउँसो ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ५ सय मिलिग्रामसहित गोसाइँपुरुवाबाट पक्राउ प्रहरीले गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनलाई सो पदार्थ सहित पक्राउ गरि अनुसन्धान अगाडी बढाएको […]