सबिता चन्द
नेपालगन्ज । सोफिया रेसिडेन्सियल इङलिस स्कुलको खेलकुद दिवसमा रंग्ङिचंङ्गी छाता नाचले मनै लोभ्याएको छ । विद्यार्थीहरु छातामा सजिसजाउ भएर खेल मैदानमा कलरफुल छाता बोकेर प्रस्तुत भएपछि अभिभावकहरुको मनै लोभ्याएको हो । विद्यालयले ५० भन्दा बढी खेल खेलाएर १ हजार २ सय प्रमाणपत्र वितरण गरेको अभिभावकहरुले देखेपछि छक्कै परेको स्कुलका अभिभावक शान्ति रम्तेलले बताउनु भयो । मार्चपाससँगै प्रस्तुत भएका विद्यार्थीहरुले उत्साह पुर्वक खेल प्रदर्शन गरेको अर्का अभिभावक बिनकुमार घर्तिले बताउनु भयो । खेलकुद दिवसमा उपस्थित हुनुभएका सबै अभिभावकहरु आफ्ना नानीबाबुको प्रस्तुति देखेर दंग पर्नु भएको थियो । आफ्ना नानीबाबुको प्रस्तुतिको फोटो खिच्न अभिभावकहरुले खेल मैदान घेर्नु भएको दृश्य अझ लोभ लाग्दो थियो ।
कार्यक्रम सुरु भएदेखि अन्तसम्म कहिँकतै नरोकिएरै निरन्तर नदीको बगेझै कार्यक्रम बगिरहेको थियो । विद्यालयका प्रवन्ध निर्देशक सुशिला बसेल आफै मैदानमा खटिएको दृश्यले बालबालिकामा उत्साह थपेको थियो । टाउकोमा गोलो क्याप लगाएको अग्लो कदको प्रवन्ध निर्देशक बसेल पसिना पुच्दै कार्यक्रममा खट्नु भएको थियो । कार्यक्रमको व्यवस्थापन अब्बल रहेको पत्रकार लक्ष्मी गोतामेले बताउनु भयो । सेता क्याप, सारीमा सजिएका शिक्षिकाहरु दौडधुप पनि त्यत्तिकै सराहनीय थियो । शिक्षकहरूको मिहेनत पनि मुल्यांकन गर्न लायककै थियो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले सोफियाको प्रशंसा गर्नुभयो । नेपालगन्जमा आफ्नो अब्बलता देखाउन सफल सोफियाको प्रगतिको कामना सेमत गर्नुभयो । त्यस्तै पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष सुक्रऋषि चौलागाईंले विद्यालयले खेल मार्फत आफ्नो उत्कृष्टता प्रदर्सन गरेको बताउनु भयो । त्यस्तै निर्देशक बसेले अभिभावक र विद्यालय मिलेर नानीबाबुहरुको भविस्य निर्माण गर्नुपर्ने बताउनु भयो । विद्यालयव्यवस्थापन समितिका अध्यक्ष केबि बसेलले बालबालिकाहरुको लागि विद्यालयले आफ्नो तर्फबाट कुनै कसुर बाँकि नराखेको बताउनु भयो । बसेलले भन्नुभयो,´ सोफिया तपाईंहरुको आफ्नो विद्यालय हो । आउनुहोस् हामी सबै मिलेर बालबालिकाको भविस्य निर्माण गरौं ।`
साझ ६ बजेसम्मै संचालित खेलकुद कार्यक्रममा अभिभावकहरुको प्रतियोगिताले उत्साहपूर्ण वातावरणको सृजना गरेको थियो । महिला अभिभावकको घैटो दौड, ढकिया दौड, र पुरुष अभिभावकको दौडले खेलकुद दिवसको गरिमालाई झनै बढाएको सहभागीको धारणा थियो ।
विद्यार्थीहरु विभिन्न कलरमा सजिएर विच विचमा हुटिङ गर्दै पुरस्कारका रुपमा मेडल र प्रमाणपत्र ग्रहण गर्न व्यस्त थिए । चार हाउसमा बाडिएको आन्तरिक प्रतिस्पर्धाले विद्यार्थीहरुमा उत्साह थपेको छ । खेलकुद दिवसले अभिभावकहरुको मन जितेको अभिभावकहरुको धारणा थियो । कार्यक्रमका बिचमा बाहिर भित्र गर्ने अभिभावकहरुले विद्यालयको प्रशंसा गरेको गेट पाले दिलबहादुर थापाले बताउनु भयो । आउने शैक्षिक सत्रमा यहीँ विद्यालयमा पढाउने हो भन्दै सिकाइका साथै अतिरिक्त क्रियाकलापमा विद्यालय अब्बल भएको प्रशंसा अधिकांशका मुखबाट निस्केको थियो ।