दुई जनाको ज्यान लिएको पाटे बाघ नियन्त्रणमा लिईयो

  ।   २०७९ भाद्र १, बुधबार १८:२९

संवाददाता, नेपालगंज

२९ साउन २०७९ का दिन मान्छेलाई आक्रमण गरेको करिब १२ बर्षको पोथि पाटे बाघलाई नियन्त्रणमा लिईएको छ । आज सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ७ स्वामीबास बन क्षेत्रबाट डार्ट गरी बाघलाई नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिईएको पाटे बाघलाई बाँके राष्ट्रिय निकुञ्ज कार्यालयको खैरी पोष्ट नजिक रहेको खोरमा सुरक्षित राख्न पठाईएको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

पाटे बाघको आक्रमणमा परी बर्दिया राष्ट्रिय निकुञ्ज अन्र्तगत पर्ने चेपाङ्ग मध्यवर्ति क्षेत्र अन्र्तगत रहेको भेरी गंगा नगरपालिका वडा नम्बर ५ गेरुवनी स्थित शक्ति मध्यवर्ति सामुदायिक बन क्षेत्रमा घाँस काट्न जानुभएका स्थानीय ४६ बर्षिय राम बहादुर चन्द र ६७ बर्षिया कबि वलीको ज्यान गएको छ ।

घटना पछि निकुञ्ज कार्यालयका कर्मचारी, निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेना, स्थानीय उपभोक्ता समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाबाट खटिएको टोलिले बन क्षेत्रमा क्यामेरा जडान गरी बाघको गतिविधि अनुगमन गरेको थियो ।

 

Next Post

नरैनापुर अध्यक्ष स्तियाक अहमद शाहद्वारा स्वागत

२०७९ भाद्र १, बुधबार १८:२९
बाँके । बोर्डर आउट पोस्ट (बीओपी) नरैनापुर र कटकुइयाको कार्यालय प्रमुखको रुपमा आउनु भएका प्रहरी निरीक्षक नन्दकिशोर महतो, र दयाराम पौडेललाई एक कार्यक्रमका बीच नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले स्वागत गरेका छन । प्रहरी निरीक्षक महतो स्वागत कार्यक्रममा बोल्दै नरैनापुर क्षेत्रमा हुने अपराधलाई न्युनिकरणका लागि स्थानिय सरोकारवालाहरुसंगको समन्वय र […]