नरैनापुर अध्यक्ष स्तियाक अहमद शाहद्वारा स्वागत

  ।   २०७९ भाद्र १, बुधबार २१:५६

बाँके । बोर्डर आउट पोस्ट (बीओपी) नरैनापुर र कटकुइयाको कार्यालय प्रमुखको रुपमा आउनु भएका प्रहरी निरीक्षक नन्दकिशोर महतो, र दयाराम पौडेललाई एक कार्यक्रमका बीच नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले स्वागत गरेका छन ।

प्रहरी निरीक्षक महतो स्वागत कार्यक्रममा बोल्दै नरैनापुर क्षेत्रमा हुने अपराधलाई न्युनिकरणका लागि स्थानिय सरोकारवालाहरुसंगको समन्वय र सहकार्यमा कृयाशिल हुने र नरैनापुरको शान्ती सुरक्षालाई चुस्त राख्नमा आफु सदैव प्रतिबद्ध हुने बताए ।

मधेसी र मुस्लिमको बस्ती भएको ठाउमा बिकासको गति बढाउनका लागि अभियान संचालन गर्ने सोच भए पनि शान्ती सुरक्षाका दृष्टिले चुनौतीपुर्ण हुने भएकोले नरैनापुर सुरक्षाका हिसावले जोखिमयुक्त ठाउको रुपमा हेरिएको बताउदै कटकुइया बिओपिका प्रमुख प्रहरी निरीक्षक पौडेलले सबै पक्षको समन्वय र सहकार्य भएको अवस्थामा जस्तो सुकै कृयाकलापहरुको न्युनिकरण र नियन्त्रण हुने कुरामा बिश्वास ब्यक्त गर्नु भएको थियो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरमा हुने गैर कानुनी कृयाकलापहरुको निराकरणको लागि नरैनापुरबासीबाट सदैव सहयोग हुदै आइरहेको जानकारी गराउनु भएको थियो । अध्यक्ष शाहले नरैनापुर क्षेत्रमा हुने अबैध कृयाकलापहरुको अन्त्य गर्न नसकेपनि न्युनिकरण गर्नमा नव आगन्तुक प्रहरी निरीक्षक द्वय महतो र पौडेलको नेतृत्वमा रहेको सुरक्षा प्रशासनको महत्वपुर्ण भुमिका रहने बिश्वास ब्यक्त गर्दै अवैध कृयाकलाप हुने र हुन सक्ने क्षेत्रहरुको पहिचान गरी कडाईका साथ सुरक्षा गस्ती बढाउनु पर्नेमा सुझाव दिनु भएको थियो । अध्यक्ष शाहले प्रहरी निरीक्षकद्वयलाई नरैनापुरको डायरी हस्तान्तरण गरेका थिए ।

Next Post

नेपालगन्जका व्यवसायी धामीको तत्काल रिहाईको माग गर्दै उद्योग व्यवसायी संघ बाँकेले निकाल्यो विज्ञप्ति

२०७९ भाद्र १, बुधबार २१:५६
नेपालगन्ज । व्यवसायीका अगुवा टंक बहादुर धामी पक्राउ परेपछि उद्योग व्यवसयी संघ बाँकेको ध्यानाकर्षण भएको छ । उद्योग व्यवसायी संघ बाँकेले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै धामीको पक्राउ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस विज्ञप्तिमा भनिएको छ, ´ मिति २०७९/४/२९ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ घरबारी टोलका व्यवसायीहरुलाई […]