नेपालगन्ज स्थित तुल्सिपुर उच्च अदालत अनिश्चितकालीन बन्द

  ।   २०७७ भाद्र ११, बिहीबार १०:१३

नेपालगन्ज । नेपालगन्ज स्थित तुल्सिपुर उच्च अदालतमा एकजना लाई बुधबार कोरोना पोजेटिभ देखिएपछि उच्च अदालत बन्द गरिएको छ । बुधबारको रिपोर्ट अनुसार एकजनालाई कोरोना पोजेटिभ पुष्टि भएपछि उच्च अदालत अनिश्चितकालका लागि बन्द गरिएको अदालत स्रोतले जनाएको छ ।

उच्च अदालत बारका अध्यक्ष विकास आचार्यका अनुसार, इजलासमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएपछि बार र बेञ्चको समेत छलफलमा सम्भाबीत जोखिम कम गर्न आकस्मिक बैठक बसी केही दिनका लागि अदालतका सबै काम रोक्ने निर्णय गरिएको बताइएको छ।

१ जनाको पोजेटिभ पुष्टि पछि संक्रमितको सम्पर्कमा आएका अन्य कार्यरत कर्मचारीको आज बिहीवार स्वाब संकलन गरि परिक्षण गर्ने र परिक्षणको परिणाम नआउनन्जेल सम्म सबै कर्मचारी होम आइसोलेसनमा बस्ने आदालत स्रोतले जनाएको छ ।

हिजो बुधबारमात्रै बाँकेमा कोहलपुरको कौशिल्या नगरमा रहेको सेनाको पूर्व प्रितनामा कार्यरत ५१ जना नेपाली सेना र अन्य २४ जना गरि ७७ जनामा कोरोना संक्रमण पुष्टि थियो ।

Next Post

बाँकेमा कोरोना संक्रमित ७० बर्षिय महिलाको मृत्यु

२०७७ भाद्र ११, बिहीबार १०:१३
नेपालगन्ज । कोहलपुर शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित एक ७० बर्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मृतक महिला नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ निवासी हुनुहुन्छ । दुबै फोक्सोमा निमोनिया भएको महिला भदौ ३ गते शिक्षण अस्पताल नेपालगन्जमा भर्ना हुनुभयो । नेपालगन्जमा स्वास्थ्य अवस्था बिग्रदै गएपछि भदौ ६ गते […]