संवाददाता ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि तरंगित र संवेदनशील बन्दै गइरहेको नेपाली राजनीतिमा अहिले आआफ्नै दाउपेच शुरु भएको छ ।
कसैले नयाँ जनादेशका लागि चुनावको वकालत गर्दै हिडेका छन् भने कसैले प्रतिनिधिसभा पुर्नस्थापनामा नै जोड दिएका छन् । प्रतिनिधिसभा पुर्नस्थापना होस् वा नयाँ चुनाव, त्यसपछि प्रधानमन्त्री को बन्ने हिसाब किताब पनि शुरु भएको छ ।
अहिलेको अवस्थामा प्रधानमन्त्रीका लागि सबभन्दा बढी चर्चा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको रहेको छ ।
प्रतिनिधिसभा पुनःस्थापना भयो भने सहमतिको सरकार बन्छ । सहमतिको सरकार बन्दा नेपाली काँग्रेस र जसपा नेपाल ‘बार्गेनिङ् प्वाइन्ट’ रहेका छन् । ढिलो चाँडो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन निश्चित छ ।
प्रतिनिधिसभाको भाग्य निर्धारण गर्ने कुरा यतिखेल सर्वोच्च अदालतको फैसलामा निर्भर छ ।
कदाचित सर्वोच्च अदालतको संवैधानिक इजलासले गर्ने फैसलाले प्रतिनिधिसभा पुर्नस्थापन भयो भने संसदमा चारवटा शक्तिशाली दलको उपस्थिति हुनेछन् ।
रातोपाटीबाट…




