बाँके जिल्लाबाट आज थप ७३ जना कोरोना जितेर घर फर्किदै

  ।   २०७७ आश्विन ७, बुधबार ०९:०६

बाँके । बाँके जिल्लाबाट आज (बुधबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ७३ जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा १९ जना महिला र ५४ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या एक हजार ३३७ पुगेको छ ।

बाँकेमा हालसम्म एक हजार ६७४ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डी.सीसी.एम.सी बाँकेले जनाएको छ । संक्रमित मध्ये ११ जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले ३३१ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा बिरामी निको हुने दर ७९.८७ प्रतिशत, मृत्यु दर ०.६६ प्रतिशत र रोगको प्रकोप दर ०.२८ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।

Next Post

Free emergency services in 15 hospitals including Bheri

२०७७ आश्विन ७, बुधबार ०९:०६
Nepalgunj: Emergency services have been provided free of cost to the poor and needy in 15 government hospitals across the country, including Bheri Hospital in Nepalgunj, Banke. The Ministry of Health and Population has started the free service by formulating procedures. In the first phase, the National Trauma Center and […]