एक घर ५ बिरुवा वृक्षारोपण कार्यक्रम अन्तरगत वृक्षारोपण कार्य सम्पन्न

  ।   २०८१ असार २६, मंगलवार १६:५३

काेहलपुर । पर्यावरणको रक्षा गर्ने उधेश्यका साथ एक घर ५ बिरुवा वृक्षारोपण कार्यक्रम अन्तरगत आज सहिद स्मृती भवन कोहलपुर परिसरमा वृक्षारोपण गरिएको छ ।

नेकपा माओवादी केन्द्रको निर्णय अनुसार एक घर ५ बिरुवा वृक्षारोपण गर्ने भन्ने नितीका साथ २०० भन्दा बढि बिरुवा रोपिएको हो । अखिल नेपाल बिद्यार्थी संघ र वाईसीएल नेपालको सहजिकरणमा निम, वेलपत्ता, लगाएतका विभिन्न प्रजातीका विरुवा रोपिएको छ ।

नेकपा माओबादी केन्द्र बाँकेका अध्यक्ष नरेन्द्र पाण्डे जेम्स, अखिल नेपाल बिद्यार्थी संघ जिल्ला अध्यक्ष महेश बस्नेत, वाईसीएल जिला सह संयोजक लाल बहादुर खड्का, पार्टी, वाईसिएल एवं बिधार्थि नेता असोक पोखरेल, चन्द्र जिसि, युबराज भण्डारी, बिज्ञान केसि, दान बहादुर वलि, बिधान केसि, मनोज क्षेत्री केन्द्रिय सदस्य लक्ष्मन मानब, सुनिल बटाला, हरेन्द्र बिक प्रेस सेन्टर नेपाल बाँके जिल्ला काेषाध्यक्ष, प्रेस सेन्टर नेपाल कोहलपुर नगरसमिति अध्यक्ष पुष्प राज हमाल, उपाध्यक्ष बिबेक रेग्मि कोहलपुर नगर समिति सदस्य प्रमिला बिक लगायतको सहभागीता रहको थियो ।

Next Post

सीता दाहालको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम

२०८१ असार २६, मंगलवार १६:५३
काठमाडौँ, । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन सङ्गीनी कमरेड सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानन्त्री प्रचण्डसहित उहाँका परिवारका सदस्यहरूले क.सीता दाहालको तस्बीरमा पुष्पगुच्छा एवं माल्यार्पण गर्नुभयो । श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का […]

सम्बन्धित शीर्षक