निर्माणाधीन अस्पतालको निरीक्षण गर्दै लुम्बिनी प्रदेश मन्त्री खनाल र नमुना

  ।   २०८० पुष २६, बिहीबार १९:२८

बाँके । नरैनापुरमा निर्माणाधीन अस्पतालको लुम्बिनी प्रदेश स्वस्थ्य मन्त्री राजु खनाल र सहरी विकास मन्त्री कृष्णा केसी ´नमुना` ले संयुक्त रुपमा निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा मन्त्री खनालले सुत्केरी हुन नसकी अकालमा कुनैपनि आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन लुम्बिनी प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनु भयो ।

बुधबार नरैना पुर पुग्नु भएका मन्त्री खनालले ‘स्वास्थ्य संयन्त्रको पहिलो प्राथमिकता मातृ तथा नवशिशु मृत्युदरमा उल्लेखनीय सुधार ल्याउने भन्ने छ, आमा सुरक्षा कार्यक्रम सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता सरकारले गरेको छ’, । उहाँले लुम्बिनी प्रदेशले नरैनापुरलाई प्रमुख प्राथमिकतामा राखेको बताउदै निर्माणधिन अस्पतालका लागि ५० लाख बजेट विनियोजन गरेको बताउनु भयो । ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारमा

आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका तयार भएको जानकारी दिँदै उहाँले नरैनापुरका निर्माणधिन अस्पताललाई प्रसूति तथा स्त्रीरोग अस्पतालका रुपमा विकास गर्नका लागि प्रदेशबाट थप बजेटको व्यवस्था मिलाउने जिकिर गर्नु भएको थियो ।

सहरी विकास मन्त्री कृष्ण केसीले प्रदेश सरकार र नरैनापुरको अस्पताल बीचको सहकार्यमा आगामी दिनमा स्त्रीरोग सेवा र शिक्षाको विस्तार गर्न आवश्यक रहेको बताउदै सहरी विकास मन्त्रालयबाट सहयोग गर्ने बताउनु भयो ।

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आफूहरु लागि परेको बताउदै आर्थिक अभाव र आवश्यक उपकरण खरिद गर्न नसकेकोले चाहे जति स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको जिकिर गर्नु भयो । उहाँले नरैनापुरमा कुनै प्रकारको स्रोत नरहेकोले पनि आर्थिक समस्या भएको बताउदै प्रदेश र संघीय सरकारबाट बजेटको व्यवस्था मिलाई दिन मन्त्री द्वय संग आग्रह गर्नु भएको थियो । नरैनापुरका स्वास्थ्य संयोजक नगेन्द्र कमार शाहले

नरैनापुरमा ४६ हजार २ सय जनसंख्या रहेको बताउदै यो आर्थिक वर्षमा ६ सय ६६ जना सुत्केरी र १ हजार २ सया १५ जना गर्भवति रहेको तथ्याकं प्रस्तुत गर्नु भएको थियो ।

नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले स्वागत गर्नु भएको कार्यक्रमको संचालन जिन्सी शाखा प्रमुख भरत महतोले गर्नु भएको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव, निर्देशक, प्रदेश सभा सदस्यहरु, वडा अध्यक्षहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Next Post

खेल क्षेत्रको पछिल्लो प्रगति ऐतिहासिक छः प्रधानमन्त्री

२०८० पुष २६, बिहीबार १९:२८
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरेका कारण खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदै गएको बताउनुभएको छ। शुक्रबार काठमाडौंमा आयोजित नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित ‘‘चौंथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा […]

सम्बन्धित शीर्षक