विद्यार्थी लक्षित कानुनी साक्षरता कार्यक्रम

  ।   २०८० श्रावण २२, सोमबार १२:२३

संवाददाता, रुपन्देही

कक्षा ११ र १२ मा अध्ययनरत कानुन बिषयका विद्यार्थीहरुका लागि अपाङ्गगता सम्बन्धि कानुनी साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ ।

नेत्रहिन युवा संघ, रुपन्देहीले आयोजना गरेको कानुनी साक्षरता कार्यक्रममा अपाङ्गगताको प्रकार, कानुनमा व्यवस्था भएका अपाङ्गगता सम्बन्धिका हक अधिकार, अपाङ्गगता भएका ब्यक्तिहरुलाई गरिने व्यवहार, दायित्व लगायतका बिषयमा जानकारी गराईएको हो ।

जसमा कालिका मानव ज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरु सहभागी थिए ।

नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष जीवन पोखे्रलले कानुनी साक्षरता सम्बन्धि कार्यक्रम आयोजना गर्ने पहिलेदेखि नै योजना गरिएको भए पनि अहिले आएर आफुहरुको त्यो योजना सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले कानुनी साक्षरतामा सिकाइएका कुरालाई मनन गरेर विद्यार्थीले अपाङ्गगता भएका ब्यक्तिहरुप्रति गरिने व्यवहार र धारणामा परिर्वतन आग्रह समेत गर्नुभयो । कानुनी साक्षरता कार्यक्रमको सहजिकरण भने लुम्विनी क्रिकेट संघ रुपन्देहीका अध्यक्ष निर्मल पौडेलले गर्नुभएको थियो ।

रुपन्देहीबाट लक्ष्मी पाण्डेको सहयोगमा…

Next Post

दिगो जिविकोपार्जनलागि व्यवसायीक साक्षरता तथा लेखा व्यवस्थापन तालिम शुरु

२०८० श्रावण २२, सोमबार १२:२३
नेपालगन्ज । बर्दियामा विभिन्न व्यवसाय संचालन गरिरहेका युवा महिलाहरुको लागि तीन दिने व्यवसायिक साक्षरता तथा लेखा व्यवस्थापन तालिम गुलरिया नगरपालिकामा सोमवारबाट शुरु भएको छ । सो तालिम प्लान नेपालको सहयोगमा बाँके युनेस्कोद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको हो । युवा महिलाहरुको व्यवसायीक ज्ञानमा अभिवृद्धि, व्यवसायको निरन्तरता, वचत गर्ने […]