कोरोना भाइरस नियन्त्रणका लागि इजरायलले दोस्रो पटक लकडाउन गर्ने

  ।   २०७७ भाद्र २९, सोमबार ०७:१९

एजेन्सी । कोरोना भाइरस नियन्त्रणका लागि इजरायलले दोस्रो पटक लकडाउन गर्ने भएको छ । इजरायलले आउने शुक्रबारदेखि देशभर दोस्रो पटक लकडाउन गर्ने भएको बीबीसीले जनाएको छ ।

यस्तै यहुदीको नयाँ वर्षमा पनि कडा प्रतिबन्ध लागू हुने भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो पटक पनि नागरिकले ठूलो मूल्य चुकाउन आवश्यक भएको बताउनुभएको छ । इजरायलमा पछिल्लो समय दैनिक ४ हजार कोरोनाका नयाँ सङक्रमित थपिने गरेका छन् ।

लकडाउनको विरोधमा इजरायलका एक मन्त्रीले पदबाट राजिनामा समेत दिनुभएको छ । उहाँले सत्ताधारी पार्टीसँगको आफ्नो समर्थन पनि फिर्ता लिने बताउनुभएको छ । ९० लाख जनसंख्या रहेको इजराइलमा कोरोनाका कारण अहिलेसम्म एक हजार १ सय ८ जनाको ज्यान गइसकेको छ भने १ लाख ५३ हजार भन्दा धेरैमा सङक्रमण पुष्टि भइसकेको छ । उज्यालो अनलाइन

Next Post

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनको विजयी सुरुवात, टोटनह्याम १–० ले पराजित

२०७७ भाद्र २९, सोमबार ०७:१९
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात गरेको छ । गएराति भएको सिजनको आफ्नो पहिलो खेलमा टोटनह्यामलाई १–० गोलले पराजित गर्दै एभर्टनले सुखद सुरुवात गरेको हो । टोटनह्यामको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविनले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा डोमिनिकले […]