इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनको विजयी सुरुवात, टोटनह्याम १–० ले पराजित

  ।   २०७७ भाद्र २९, सोमबार ०७:२०

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात गरेको छ । गएराति भएको सिजनको आफ्नो पहिलो खेलमा टोटनह्यामलाई १–० गोलले पराजित गर्दै एभर्टनले सुखद सुरुवात गरेको हो ।

टोटनह्यामको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविनले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा डोमिनिकले हेडमार्फत् गोल गरेका थिए । डेब्यु खेलाडी कोलम्बियन स्टार जेम्स रोड्रिग्वेज सहित मैदान उत्रिएको एभर्टनले टोटनह्यामविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो ।

एभर्टनले अन्य गोलको सुनौलो मौका समेत गुमाएको थियो । जितसँगै कार्लो एन्सेलोटीको टिम एभर्टनले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । एभर्टन तालिकाको पाँचौ स्थानमा रहेको छ । टोटनह्यामले भने हारबाट सिजनको सुरुवात गरेको छ । उज्यालो अनलाइन

Next Post

प्यान लिनेको सङ्ख्या झण्डै ३४ लाख पुग्यो, नयाँ करदाता ८२ प्रतिशतले घटे

२०७७ भाद्र २९, सोमबार ०७:२०
काठमाण्डौ । नेपालमा स्थायी लेखा नम्बर ९प्यान० लिने करदाताको सङ्ख्या झण्डै ३४ लाख पुगेको छ । अर्थ मन्त्रालयका अनुसार साउन मसान्तसम्म ३३ लाख ८९ हजार नौ सय जनाले प्यान लिएका छन् । यसमध्ये २० लाख १० हजार एक सय ३४ जनाले व्यक्तिगत प्यान लिएका अर्थ मन्त्रालयले जनाएको छ । साउनमा […]

सम्बन्धित समाचार