नेपालगन्ज । बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले विश्व आदिवासी दिवसको अवसरमा शुभकामना दिनुभयो । यसै अवसर पारेर अध्यक्ष शाहले शुभकामना दिनुभएको हो ।
नरैनापुरका आदिवासी जनजातिको हक हितको संरक्षण र संवर्द्धन तथा सांस्कृतिक पहिचानको सवालमा आफू सदैव प्रतिबद्ध रहेको उहाले बताउनु भयो । २९औँ विश्व आदिवासी दिवसको अवसरमा अध्यक्ष शाहले आदिवासी जनजातिको पहिचानलाई संरक्षण गर्दै उनीहरूलाई राज्यको मूलधारमा ल्याई कुनै पनि किसिमको अवसरबाट वञ्चित हुन नदिन सबैले मिलेर कार्य गर्न आवश्यक रहेको जोड दिनुभयो ।
विविधता भित्रको एकता नै हाम्रो मूल मन्त्र रहेको बताउदै अध्यक्ष शाहले यहाँ विभिन्न जात, जाति, भाषा, सम्प्रदाय र धर्म मान्ने नागरिक भए पनि एक अर्काप्रति सामाजिक सद्भाव र सहिष्णुता अत्यन्त राम्रो रहेको उल्लेख गर्दै केही तत्वहरुले सहिष्णुतामा खल्ल पुर्याउन खोजी रहेकोले संवेदनशील हुन आग्रह गर्दै उहाँले नेपालको विशिष्ट पहिचान भएको र यसलाई दीर्घकालसम्म अक्षुण राख्नुपर्ने बताउनुभयो ।