दिगो जिविकोपार्जनलागि व्यवसायीक साक्षरता तथा लेखा व्यवस्थापन तालिम शुरु

  ।   २०८० श्रावण २२, सोमबार २०:१६

नेपालगन्ज । बर्दियामा विभिन्न व्यवसाय संचालन गरिरहेका युवा महिलाहरुको लागि तीन दिने व्यवसायिक साक्षरता तथा लेखा व्यवस्थापन तालिम गुलरिया नगरपालिकामा सोमवारबाट शुरु भएको छ ।
सो तालिम प्लान नेपालको सहयोगमा बाँके युनेस्कोद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको हो ।
युवा महिलाहरुको व्यवसायीक ज्ञानमा अभिवृद्धि, व्यवसायको निरन्तरता, वचत गर्ने बानिको विकास तथा व्यवसायमा भएको कारोबारको खाता संचालन तथा लेखापालान गर्न सक्षम बनाउनु उक्त तालिमको मुख्य उद्देश्य रहेको जनाईएको छ ।
बाँके युनेस्को क्लबका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले व्यवसायको व्यवसायिक योजनाको पुनरावलोकन, स्थानीय सरकारबाट सुविधा र कार्यक्रममा सरभागीताकालागि सक्षम बनाई दिर्घकालिन रुपमा व्यवसायको विकास विस्तार गरी दैनिक जिबिकोपार्जनमा सहजता ल्याउनु पनि कार्यक्रमको उदेश्य रहेको बताउनुभयो ।
तालिमको सहजीकरण राज बहादुर चौधरीले गर्नु भएको छ भने तालिममा प्लान ईन्टरनेशनल नेपालका कार्यक्रम संयोजक गोमावली चौधरीको पनि सहभािगाता रहेको छ ।
तीन दिनसम्म सञ्चालन हुने सो तालिममा गुलरियाका ३० जना युवा महिला व्यवसायीको सहभागिता रहेको छ।

Next Post

टाउकोमा बन्दुकका छर्रा ताजै छन्, बाँकेमा माओवादीको अवस्था यथा स्थितिमा रहदैन: संयोजक जेम्स

२०८० श्रावण २२, सोमबार २०:१६
सबिता चन्द नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेलाई हेर्नलायक पार्टी बनाउछु, पार्टी अब यथास्थितिमा रहदैन, छलाङ मार्छ भन्दै बाँके जिल्ला संयोजक नरेन्द्रप्रसाद पाण्डे (जेम्स) ले एक कार्यक्रका बीच बताउनु भयो । बाँके अबस्थित प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जिल्ला समिति र पालिका पदाधिकारीकारीको बैठकलाई […]