आँशिक प्राध्यापकले आजदेखी महेन्द्र बहुमखी क्याम्पसमा परीक्षामा असहयोग गर्ने

  ।   २०८० श्रावण २८, आईतवार ११:५७

नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापनरत आँशिक प्राध्यापकले आज आइतबारदेखी हुने परीक्षामा असहयोग गर्ने भएको छन् । आँसिक प्राध्यापक इकाई समिति महेन्द्र बहुमखी क्याम्पस नेपालगन्जले २५ गते सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम अनुसार आजदेखि परिक्षा सञ्चालनमा असहयोग गरेका हुन्  ।

त्रिभुवन विश्व विद्यालय अन्तरर्गत विभिन्न क्याम्पसमा आँसिक रुपमा अध्यापनरत प्राध्यापकहरुका समस्या समाधानका लागि त्रि.वि.वि.ले तत्कालिन समयमा आन्दोलनरत आँसिक प्राध्यापक र त्रि.वि.वि. बीच २०७७ सालमा भएको संझौता गरेको थियो । महेन्द्र बहुमखी क्याम्पस आँसिक प्राध्यापक संघका उपाध्यक्ष एवम आन्दाेलनका संयाेजक भेषराज भुसालका अनुसार त्रि. वि. वि. ले  २०७७ पुस २४ गते गरेका ७ बुदे संझौतामा आँसिक प्राध्यापकहरुको समस्या समाधान गर्नै सहमति भएकाे थियाे । उहाँ संझौता र त्रि.वि.वि.को निर्देशनमा आवश्यकता, औचित्यता, जेष्ठता, निरन्तरता, अनुभव, तोकिएको पूर्णकक्षाभार लगायतका आधारमा आँसिक प्राध्यापनरतलाई शिक्षण सहायकको रुपमा सम्बन्धित क्याम्पसको आन्तिरक स्रोतबाट सुविधा प्रदान गर्ने गरी नियुक्त गर्ने सहमति भएको बताउनु भयो । सोही सहमतिका आधारमा त्रिविविले २०७८ फागुन २० गते त्रि.वि.वि. कार्यकारी परिषद्को निर्णय अनुसार शिक्षण सहायक सरहकाे पारिश्रमिक पाउने गरी आँसिक शिक्षकलाइृ व्यवस्थापन गर्न साे निर्देशन क्याम्पसमा हालसम्म कार्यान्वय नभएको कारण आन्दोलन र असहयोग गर्नु पर्ने बाध्यता भएको भुसालको भनाइ छ ।

महेन्द्र बहुमखी क्याम्पस नेपालगन्जमा अध्यापनरत आँशिक प्राध्यापक संघले यही २५ गते नै आफ्ना कार्यक्रमहरुको जानकारी क्याम्पस प्रमुखलाई पत्रमार्फत गराउनु भएको छ । सो पत्रमा २६ गतेदेखी पठन पाठन नगरी कक्षा बहिस्कार र आजदेखि परीक्षा सञ्चालन असहयोग गर्ने उल्लेख गरिएको छ ।

पत्रमा त्रिविविका हालसम्म ४१ वटा आँगिक क्याम्पसमा आँसिक प्राध्यापनरतका समस्या समाधन भइसकेको र १६ वटा अन्य क्याम्पसले समस्या समाधानका लागि विज्ञापन समेत गरिसकेका छन् । तर यस क्याम्पसमा हालसम्म शालिनता पूर्वक त्रिविविको निर्देशन र संझौता अनुसार प्रक्रिया सुरु गर्न आग्रह गर्दा क्याम्पस प्रमुख स्वएमंबाट असफल बनाउने देखिएकोले आन्दोलन गर्नु परेको पत्रमा उल्लेख गरिएको छ । यसका साथै दुई वर्षसम्म त्रि.वि.त्रि. को निर्देशन अनुसार काम नहुनुले क्याम्पस प्रमुखको गैरजिम्मेवारी कार्य भएको भनिएको छ ।

प्रशासनले आँसिक शिक्षकहरुबिच विभाजन गर्ने र समस्या समाधान गर्न ढिला सुस्ति गरेको बताईको छ । आँसिक प्राध्यापनरत प्राध्यापकहरुले समस्या समाधानका लागि विभिन्न समिति समेत बनाएको संयोजक भुसालले बताउनु भयो । महेन्द्र बहुमखी क्याम्पस नेपालगन्जमा आँशिक प्राध्यापन गर्ने शिक्षकहरु करिब एक सयको हाराहारीमा रहेको संयोजक भुसालको भनाइ छ ।

Next Post

उर्दू भाषाको संरक्षणका लागि गजल गोष्ठी

२०८० श्रावण २८, आईतवार ११:५७
सिराज खान नेपालगञ्ज । विभिन्न साहित्यिक गतिविधि बढ्दै गएको बाँकेमा पछिल्लो समयमा उर्दू भाषाको संरक्षणका लागि पनि विभिन्न कार्यक्रमहरू भइरहेका छन् । नेपालगञ्जका उर्दू साहित्यकारहरूको सङ्गठन गुल्जार–ए– अदबले उर्दु भाषाको संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम गरिरहेको छ । सोही क्रममा यहाँ समय समयमा उर्दू गजल गोष्ठीको आयोजना गरेर सो […]