बाँकेमा कोरोना संक्रमित ७० बर्षिय महिलाको मृत्यु

  ।   २०७७ भाद्र ११, बिहीबार १२:४८

नेपालगन्ज । कोहलपुर शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित एक ७० बर्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मृतक महिला नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ निवासी हुनुहुन्छ ।

दुबै फोक्सोमा निमोनिया भएको महिला भदौ ३ गते शिक्षण अस्पताल नेपालगन्जमा भर्ना हुनुभयो । नेपालगन्जमा स्वास्थ्य अवस्था बिग्रदै गएपछि भदौ ६ गते राती १० बजे कोहलपुर रिफर गरिएको फोकल पर्शन नरेश श्रेष्ठले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

भदौ ५ गते स्वाब जाचगराउदा कोरोना पोजेटिभ पुष्टि भएको थियो । उपचारका क्रममा स्वास्थ्य अवस्था बिग्रदै गएर भदौ ११ गते आज बिहान १० बजेर ३० मिनेटमा मृत्यु भएको फोकल पर्शन श्रेष्ठले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

Next Post

कोहलपुर नगरपालिका द्वारा कोरोना शिर्षकमा झण्डै ३ करोड खर्च सार्वजनिक

२०७७ भाद्र ११, बिहीबार १२:४८
नेपालगन्ज । कोरोना रोकथाम र नियन्त्रणकालागी कोहलपुर नगरपालिकाले खर्च विवरण सार्वजनिक गरेको छ । आज बिहीवार नगरपालिकाले झण्डै ३ करोड रुपैया खर्च गरेको जनाएको छ । कोहलपुर नगरपालिकाका लेखा अधिकृत सुदिप सुनारले २ करोड ७८ लाख ३९ हजार ५ सय ९ रुपैया खर्च भएको जानकारी दिनु भयो । गाडी भाडा […]