नेपालगन्ज । कोरोना रोकथाम र नियन्त्रणकालागी कोहलपुर नगरपालिकाले खर्च विवरण सार्वजनिक गरेको छ । आज बिहीवार नगरपालिकाले झण्डै ३ करोड रुपैया खर्च गरेको जनाएको छ ।
कोहलपुर नगरपालिकाका लेखा अधिकृत सुदिप सुनारले २ करोड ७८ लाख ३९ हजार ५ सय ९ रुपैया खर्च भएको जानकारी दिनु भयो । गाडी भाडा तर्फ मात्रै १९ लाख ६ सय ४२ रुपैया खर्च भएको अधिकृत सुनारले बताउनु भयो । अधिकृत सुनारका अनुसार कोरोना महामारी नियन्त्रण तर्फ ३४ लाख ९८ हजार ७ सय २२ रुपैया खर्च भएको छ ।
आईसोलेशनमा खटिएका खाजा र आवास सुबिधा बापत ५ लाख २० हजार २ सय ९० र आइसोलेशनमा खटिएका स्वाथ्यकर्मीहरुको दैनिक खाजा खर्च वापत १ लाख ६६ हजार ६ सय खर्च भएको नगरपालिका स्रोतले जनाएको छ । पिपरी कृषि विकास तालिम केन्द्र क्वारेन्टाईन सेन्टर र अन्य क्वारेन्टाईनमा २ लाख ९४ हजार १४ रुपैया खर्च भएको छ भने क्वारेन्टाईन व्यवस्थापनका लागि आवश्यक सामाग्री बापत ३ लाख ७८ हजार ५ सय २२ रुपैया खर्च सार्वजनिक गरिएको छ ।
अन्य आवश्यक समाग्री खरिद वापत १ लाख २१ हजार ८ सय खर्च गरेको नगरपालिकाले सार्वजनिक गरेको खर्चमा उल्लेख गरिएको छ । सन्देश मुलक सुचना जारी र व्यानर छपाईमा ३ लाख २२ हजार ७ सय ९८ खर्च भएको छ ।
१ देखि १५ नं वडा सम्म पहिलो चरण राहात वितरण ४८ लाख ७९ हजार ६ सय र दोस्रो चरणका राहात वितरणमा १ करोड १० लाख ३३ हजार ७ सय ७९ र वडा नं १२ मा थप राहात बितरण ५ लाख ८० हजार र वडा नं १० मा २ लाख खर्च भएको कोहलपुर छ ।
अधिकृत सुनारका अनुसार १ देखि १५ वडा सम्मका क्वारेन्टाईन व्यवस्थापन २८ लाख १९ हजार ४२ रुपैया खर्च छ ।