कृष्टि चौधरी | कोहलपुर नगरपालिका २ का वडा अध्यक्ष कर्ण सिंह बुढा क्षेत्री सोमबार कर्मचारीको छेउमै देखिनुभयो । बाहिर सेवाग्राहीको लाइन, कर्मचारी अभाव भएर होला सायद सेवा लिनेहरुले धेरै समय कुर्नुपर्ने अवस्था थियो ।

तर वडा अध्यक्ष कर्मचारीले पेश गरेका फाइल भुईंमै बसेर हस्ताक्षर गर्दै हुनुहुन्थ्यो ।
कत्ति पनि समयलाई खेर नफाली आफनो कार्यकक्ष छोडेर कर्मचारी, सेवाग्राहीकै नजिक बसेर उनीहरुको पीर मर्का बुझि सेवा छिटो दिन, वडा अध्यक्ष मात्र नभई यहाँ वडा सदस्य पनि त्यतिकै सक्रिय हुने गरेको पाईएको छ ।




