यस बर्ष लुम्बिनीमा ५ जना पत्रकारलाई सम्मान गरिदै

  ।   २०७९ असार २२, बुधबार ११:४१

संवाददाता, नेपालगंज ।

लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा संञ्चार मन्त्रालयले यसबर्ष प्रदेशका ५ जना पत्रकारलाई सम्मान गर्ने भएको छ ।

मन्त्रालयको चालु आर्थिक बर्ष २०७८-०७९ को बार्षिक स्वीकृत कार्यक्रममा समावेश संञ्चारकर्मी सम्मान कार्यक्रम कार्यन्वयनका लागी गत जेठ १७ गते मन्त्रिस्तरिय निर्णयबाट सम्मान कार्यक्रम बारेमा औपचारिक निर्णाय भएको हो ।

निर्णय अनुसार रु लाख सम्मान राशीको लुम्बिनी प्रदेश अग्रज पत्रकार सम्मान संयुक्त रुपमा अमित कुमार चौहान (विन्दु) मरणोपरान्त र खिमानन्द भट्टराईलाई रहेको छ ।

यसैगरी रु ५० हजार राशीको लुम्बिनी प्रदेश सृजनशील पत्रकारिता सम्मान डिलाराम भुषाल कपिलबस्तु, सन्जु पौडेल रुपन्देही र प्रेम विश्वकर्मा बर्दियालाई रहेको छ ।

मंगलबार मन्त्रालयका उपसचिव तथा प्रवक्ता दामोदर भण्डारी द्धारा जारी बिज्ञप्ती अनुसार एक कार्यक्रमको आयोजना गरि सम्मान गरिने जनाईएको छ ।

 

Next Post

असार २६ गते देशभर सार्वजनिक विदा

२०७९ असार २२, बुधबार ११:४१
संवाददाता, नेपालगंज। सरकारले बकर ईद (ईद उल अजहा) को अवसरमा आगामी असार २६ गते आइतबारका दिन देशभर सार्वजनिक विदा दिने निर्णाय गरेको छ । सार्वजनिक विदा सम्बन्धीको सूचना जारी गर्दै गृह मन्त्रालयले विदाका सम्बन्धमा जानकारी गराएको हो ।