वडाबासी सचेत भए वडा समृद्ध हुन्छ: अध्यक्ष श्रेष्ठ

  ।   २०८१ बैशाख ३१, सोमबार २२:४२

नेपालगन्ज । वडाबासिहरु सचेत र सजग भएमा मात्रै समृद्ध वडा हुने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज कुरमा श्रेष्ठले बताउनु भएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका २ नम्बर वडाको सहयोग तथा नाईस नेपालगन्जको आयोजनामा आज भएको एक दिने क्षमता अभिबृद्धी तालिम कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताउनु भएको हो ।          वडा बासिहरुको आवश्यकता अनुसार वडाले काम गरिरहेको उहाँले बताउनु भयो । क्षमता अभिबृद्धी र सचेतनाले हरेक ब्यक्तिलाइ अगाडी बढ्न हौसला प्रदान गर्ने भएकाले लक्षित बर्ग उत्थान कार्यक्रम अन्तरगत दलित समुदायलाई लक्षित गरेर तालिमको योजना गरिएको उहाँको भनाई थियो । उहाँले तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागु गर्न सहभागिलाई अनुरोध गर्नु भयो ।            यसैगरी कार्यक्रममा बोल्दै वडा सचिब गौरी कुमारी शाहीले एक दिने क्षमता अभिबृद्धी तालिमले सहभागिहरुलाई हौसलासँगै आगाडी बढ्न उत्प्रेरणा थप्ने विश्वास ब्यक्त गर्नु भयो । तालिममा वडा नम्बर २ का दलित महिला सदस्य तुल्सा देबि परियारले तालिम नयाँ र हरेक ब्यक्तिलाई काम लाग्ने बिषयमा भएकाले सिकेको शिपलाई प्रयोगमा ल्याउन सहभागिलाई अनुरोध गर्नुभयो ।
वडा कार्यालयको हलमा भएको तालिममा दलित अधिकार तथा जातीय भेदभाव बिरुद्ध कानुनी ब्यवस्थाका बिषयमा अधिबक्ता तथा प्रशिक्षक विश्वजित तिवारी र स्थानीय योजना तर्जुमा प्रक्रियाका बिषयमा प्रशिक्षक हेमराज भट्टले सहजिकरण गर्नुभएको थियो ।              नाईस नेपालगन्जमा सचिब कमल बहादुर शाहीले सञ्चालन गरेको तालिममा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश वडा सचिब गौरी कुमारी शाहीले गर्नु भएको थियो । तालिममा वडाका विभिन्न समुदायका ३५ जनाको सहभागिता रहेको थियो ।

Next Post

ठाकुरद्धारामा जिल्लास्तरीय युवा भेला शुरु

२०८१ बैशाख ३१, सोमबार २२:४२
नेपालगन्ज । प्लान इन्टरनेशनल नेपालको साझेदारी र बाँके युनेस्को क्लब लगायतका विभिन्न गैर सरकारी संघसंस्थाको आयोजनामा बर्दियाको ठाकुरद्धारामा जिल्लास्तरीय युवा भेला शुरु भएको छ । बर्दियामा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र, बिग्रुप र स्थानीय पालिकाहरुको समन्वयमा युवा लक्षित नेतृत्व विकास र स्थानीय तहमा […]

सम्बन्धित शीर्षक