भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा

  ।   २०७७ फाल्गुन १९, बुधबार ०७:५२

काठमाडौं । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको अनुन्धान अन्तिम चरणमा पुर्‍याएको जनाएको छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यही फागुन ५ गते चडेपानीकै १६ वर्षीय एक किशोरलाई सार्वजनिक गरेको थियो।

भागरथीको गत माघ २१ गते बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो।

फागुन ४ गते पक्राउ परेका ती किशोरमाथि अनुसन्धान जारी रहेको अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘नाबालकको हकमा २१ दिनभित्र अनुसन्धान सकेर अदालत बुझाउनुपर्ने कानूनी व्यवस्था रहेकाले सोहीअनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको हो।’

उहाँकाअनुसार एकरदुई दिनभित्रै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी छ।

प्राविधिक परीक्षण गर्नुपर्ने वस्तु प्रयोगशालामा पठाइएको र परीक्षण रिपोर्ट आएपछि प्रतिवेदन तयार हुन्छ।

ती किशोरमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट तीन पटक पाँच÷पाँच दिनको म्याद थपेर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरी हिरासतमा रहेका ती किशोरले आफूले नै भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरी सकेको प्रहरी बताउँछ। उनीमाथि कर्तव्य ज्यान मुद्दा र जबरजस्तीकरणी विरुद्धको मुद्दा दर्ता भइसकेको छ। – रासस

Next Post

अफगानिस्तानमा तीन महिला पत्रकारको गोली हानी हत्या

२०७७ फाल्गुन १९, बुधबार ०७:५२
एजेन्सी । अफगानिस्तानको जलालावादमा तीन जनासञ्चारकर्मी महिलाको गोली हानी हत्या गरिएको छ । तालिवानी लडाकूहरुको छुट्टाछुट्टै आक्रमणमा परेर एक जना घाइतेसमेत भएको बीबीसीले जनाएको छ । स्थानीय टेलिभिजनमा काम गर्ने ती महिला १८ देखि २० वर्षका रहेको बताइएको छ । घटनामा संलग्न भएको आशंकामा सुरक्षाकर्मीले केही व्यक्ति पक्राउ गरेपनि कसैले […]

सम्बन्धित शीर्षक