भोलिदेखि काठमाण्डौ उपत्यकामा फिल्म हल र दोहोरी साँझसमेत खोल्न पाइने

  ।   २०७८ भाद्र १६, बुधबार १८:१७


काठमाण्डौ । काठमाण्डौ उपत्यकामा भोलि बिहीवारदेखि चलचित्र हल, दोहोरी साँझ (घर), डान्स बार लगायतका व्यवसाय पनि खुल्ने भएका छन् ।

काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले चलचित्र हल, दोहोरी घर, रेस्टुरेन्ट लगायतका व्यवसाय खोल्न दिने निर्णय गरेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ मा उल्लेख भएका मापदण्डहरू पालना गरेर व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको प्रजिअ पराजुलीले बताउनुभयो । मापदण्ड पालना भएरनभएको बारेमा अनुगमन हुने उहाँले बताउनुभयो ।

उपत्यकाको निषेधाज्ञा भदौ मसान्तसम्मका लागि थपिएको भए पनि भिडभाड हुने गरी सभा, जुलुस, भोजभतेर गर्न नपाइने जस्ता सामान्य व्यवस्थामात्र रहेका छन् ।

Next Post

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा दर्शक प्रवेशको अनुमति

२०७८ भाद्र १६, बुधबार १८:१७
काठमाडौं । नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण फुटबल खेल हेर्न सरकारले दर्शकलाई अनुमति दिएको छ । सरकारले अखिल नेपाल फुटबल संघ ९एन्फा०लाई स्वास्थ्यको प्रोटोकल पालना गर्दै दर्शकसहितको खेल आयोजना गर्न अनुमति दिएको हो । सरकारले ५ हजार १ सय दर्शकलाई अनुमति दिएको एन्फाले जनाएको छ । तर, खेल हेर्ने दर्शकले […]