भुकम्प प्रभावित क्षेत्रमा नरैनापुरले पठायो राहत सामग्री

  ।   २०८० कार्तिक २२, बुधबार १३:३३

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई २ लाख २५ हजार बराबरको सहायता सामग्री पठाएको छ ।

कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले प्रभावित क्षेत्रहरुमा बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल मार्फत सहायता सामाग्री पठाएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो । नरैनापुर गाँउपालिकाका प्रेस विज्ञ आलम खानका अनुसार प्रमुख प्रशासकिय अधिकृत खराल सहित वडा नं ४ का अध्यक्ष मनोज शर्मा र वडा नं. ५ का अध्यक्ष कृष्णचन्द मौर्यले प्रमुख जिल्ला अधिकारी पोख्रेललाई सहायता सामग्री सहितको पत्र हस्तान्त्रण गरेको बताउनु भयो । उहाँका अनुसार चामल, दाल, नून, आयोडिन लगायतका सामग्री रहेको छन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले भुकम्पबाट ज्यान गुमाएका प्रति हार्दिक श्रद्धान्जली अर्पण गरि मृतकका परिवारमा समबेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । गाउँपालिकाले घाइतेहरुको स्वास्थ्योपचार, उद्धार, तथा राहतका लागि जुट्न आग्रह गर्दै गाउँपालिकाबाट समेत सो कार्यका लागि सामाग्री पठाइएको र एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रमुख प्रशासकीय अधिकृत खरालले जानकारी दिनु भयो । साथै सोही बिनाशाकारी भुकम्पमा परि नलाड नगरपालिकाका उप प्रमुख सरिता सिंह लगायत दिवंगत हुनुभएका सबै मृतप्रति पालिकाले श्रद्धाञ्जली अर्पण गरेको छ ।

यस्तै गाउँपालिका अध्यक्ष शाहले यस्ता विपत्तीहरु जतिबेला पनि आउन सक्ने भन्दै सचेत रहन सबै जिल्लाबासीलाई आग्रह गर्नुभएको छ । भुकम्प हामीले रोकेर नरोकीने भएको हुदा यसबाट कसरी क्षति कम गर्न सकिन्छ यस तर्फ सचेत हुनुपर्ने बताउनुभयो । शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

Next Post

भुकम्प पीडितलाई १३ लाखको औषधि सहयोग

२०८० कार्तिक २२, बुधबार १३:३३
नेपालगन्ज । गत शुक्रबार गएको बिनाशकारी भुकम्पमा परेका जाजरकोट र रुकुम पश्चिमका बिरामीहरुलाई औसधि उपचार गर्न सहजहोस भनि एक्सा पैरेन्टल्स लिमिटेड रुडकि भारतको सहयोग तथा एक्सादीप फर्मा डिस्ट्रिक्टर्स प्रा . लि. काठमाण्डौको सहकार्यमा १३ लाख बराबरको औंषधि सहयोग गरिएको छ । जाजरकोट तथा रुकुम पश्चिमका भुकम्प पिडितहरुको सहयोगार्थ १३ लाख […]

सम्बन्धित समाचार