साहित्यकार स्वर्गीय मल्लको ८८औं जन्मजयन्ती कार्यक्रम सम्पन्न

  ।   २०८० श्रावण १३, शनिबार २२:४४

सबिता चन्द
नेपालगन्ज । साहित्यकार स्वर्गीय प्रेम प्रकाश मल्लको ८८औँ जन्मजयन्ती कार्यक्रम सम्पन्न भएको छ । स्व. मल्लको जन्मदिनको अवसरमा सो कार्यक्रम सनिवार नेपालगन्जमा गरिएको हो ।    जन्मजयन्ती कार्यक्रममा  ´प्रेम प्रकाश मल्ल मधुकर स्मृति` पुरस्कार २०८० समेत प्रदान गरिएको छ । ५१ हजार १ सय ११ राशिको सो पुरस्कार साहित्यकार सृजन लम्साललाई प्रदान गरिएको कोष संस्थापक बखत मल्लले जानकारी गराउनु भयो । प्रेम प्रकाश मल्ल मधुकर स्मृति सम्मान डा.कृष्ण प्रसाद घिमिरे, डा. सुधन कुमार पौडेललाई प्रदान गरिएको छ । संस्थापक मल्लले ´प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार` कोषमा एक लाख साठी हजार रकम थप गर्नुभएको छ । भने संस्थापक मल्ल र श्री मल्ल साहित्यकार मल्लका छोरी जुवाइसमेत हुनुहुन्छ ।            कार्यक्रममा साहित्यकार स्व. मल्लको जीवनी, उहाले लेखेका साहित्यिक कृति र गीतको अधिकांश वक्ताहरूले प्रसंसा गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि साहित्यकार सनद रेग्मीले गर्नु भएको थियो भने कार्यक्रममा प्रज्ञा महनन्द ढकाल, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र भण्डारी, वडा १ अध्यक्ष प्रमोद रिजाल, डा. जनार्दन आचार्य, किरण आचार्य, प्रा. हरि तिमिल्सिना लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।             

Next Post

बाँकेमा तीन लाख ५२ हजार क्यु फिट काठ उत्पादन

२०८० श्रावण १३, शनिबार २२:४४
नेपालगन्ज । बाँके जिल्लामा गत आर्थिक  बर्ष २०७९–०८० मा साढे तीन लाख क्यु फिटभन्दा बढी काठ उत्पादन भएको छ । जिल्लाका विभिन्न सामुदायिक वन र निजी वनमा गरी गत साल तीन लाख ५२ हजार क्यूफुट काठ उत्पादन भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी डिभिजनल वन अधिकृत गणेश खड्काले बताउनुभयो । […]

सम्बन्धित शीर्षक