राप्तिसोनारीको पनेरियामा ४५ दिने तालिम सुरु

  ।   २०८० मंसिर १३, बुधबार १२:०३

सबिता चन्द 
बाँके  । पीडित जनसेवा विकास नेपालगन्जले व्युटीपार्लर लेवल २ सम्बन्धि ४५ दिने तालिम सुरु गरेको छ । राप्तिसोनारी-६ पनेरियामा आयोजना गरिएको तालिमको आइतबार उद्घाटन गरिएको हो ।

मंसिर ९ गतेदेखि पौष २५ गते सम्म संचालन गरिने तालिमको लागि चाहिने आर्थिक सहयोग राप्तिसोनारी गाउपालिका वडा नं. ६ ले गर्ने वडा अध्यक्ष लभराम खरेलले बताउनु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष खरेलले यो तालिमबाट दक्ष सिपालु जनशक्ति उत्पादन हुनेकुरामा बिश्वस्त हुने बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता ग्रहण पिडित जनसेवा विकास नेपालगन्जका अध्यक्ष रेशम बहादुर परियारले गर्नु भएको थियो। स्वागत मन्तव्य संस्थाका सदस्य अमित नगावघले गर्नु भएको थियो भने कार्यक्रम संचालन डाक्टर सुन्दर चौधरीले गर्नुभएको थियो ।

Next Post

बर्दियामा बालविवाह विरुद्धको परियोजना सफल भएको अनुगमनमा जनाईयो

२०८० मंसिर १३, बुधबार १२:०३
नेपालगन्ज । प्लान ईन्टरनेशनल नर्वेको एक उच्चस्तरीय टोलीले प्लान नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लब र भेरी बाताबरणीय बिशिष्ट समुहद्धारा बर्दिया जिल्लामा संचालन गरिएको परियोजनाको अनुगमन गरेको छ । प्लान नेपालसंगको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना र टेलिथोन परियोजनाका बिभिन्न गतिबिधीहरुको नर्वेको […]