मोटरसाइकल ठक्करले बालकको मृत्यु

  ।   २०८० श्रावण १४, आईतवार १८:३४

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ मा नम्बर नखुलेको एक मोटरसाइकलले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ ।

राप्ती सोनारी गाउँपालिका–६ स्थित सिद्देश्वर क्याम्पस नजिकै आइतबार बिहान अन्दाजी साढे १० बजेको समयमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा राप्ती सोनारी–६, हब्रहवाका तीन वर्षीय बालक श्रीयङ्स बुढाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानकपुरले जनाएको छ ।

मोटरसाइकल ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि नेपालगन्ज अस्पतालमा लैजादैगर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।

ठक्कर दिने मोटरसाइकललाई खोज्न जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकको कमान्डमा प्रहरी परिचालन भएको उहाँले बताउनुभयो । साथै जिल्ला ट्राफिक प्रहरी पनि खोजतलासमा जुटेको इन्चार्ज रायमाझीले जानकारी दिनुभयो । (गोरखापत्रबाट)

Next Post

प्रधानमन्त्री प्रचण्डद्वारा सुदुरपश्चिम विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन

२०८० श्रावण १४, आईतवार १८:३४
काठमाडौं । प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशित गर्नुभएको छ । मङ्गलबार बिहान बालुवाटारमा आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११ औँ सिनेट बैठकमा बोल्नुहुँदै प्रधानमन्त्रीले राज्यको सीमितता र स्रोतसाधनका बाबजुद विश्वविद्यालयको आफ्नै बलबुतामा आन्तरिक सुधारको कार्य अगाडि बढाउन निर्देशिन दिनुभएको हो । बैठकमा […]