नेपाल राष्ट्र बैंकले आज १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

  ।   २०७७ कार्तिक २४, सोमबार ०७:५५

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ ।

केन्द्रीय बैंकको सूचनाअनुसार ट्रेजरी बिल बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो ।

सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको र त्यसमध्ये पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

बिल आउँदो मंसिर २३ गते परिपक्व हुनेछ । यस्तै १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गरिँदैछ ।

बिल आउँदो माघ २७ गते परिपक्व हुनेछ । त्यस्तै १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको छ । यो बिल भने २०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ ।

बैंकले यसअघि यही कात्तिक १७ गते एक अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

Next Post

देशभर चिसो बढ्दै, न्यूनतम तापक्रम अझै घट्ने

२०७७ कार्तिक २४, सोमबार ०७:५५
काठमाण्डौ । केही दिनयता काठमाण्डौउपत्यका लगायत देशैभर चिसो बढेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम निरन्तर जस्तै घट्दै गएको छ । आज बिहान पनि काठमाण्डौको न्यूनतम तापक्रम जाडो सुरु भएयताकै कम ८ डिग्री सेल्सियसमा झरेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियससम्म झरेको […]