बाँकेका ८ पालिका मध्ये नेपालगंजमा कोरोनाका संक्रमित धेरै

  ।   २०७७ आश्विन ५, सोमबार १८:२८

नेपालगंज
बाँकेमा कोरोना संक्रमितहरुको संख्या १ हजार ६ सय ५१ जना पुगेको छ ।

आज मात्रै पनि भेरी अस्पताल नेपालगंजको पीसीआर प्रयोगशालामा ४३ जना, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको पीसीआर प्रयोगशालामा ८ जना र वागेश्वरी पीसीआर ल्यावमा १ जनालाई कोरोनाको संक्रमण पाईएको छ ।

संक्रमित मध्ये १ हजार २ सय ५० जना ब्यक्तिहरु निको भएका छन । हाल सम्म बाँकेमा ११ जना ब्यक्तिहरुको मात्र मृत्युभएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

बाँकेमा मृत्युदुर ०.६७ प्रतिशत, बिरामी निको हुने दर ७५.७१ प्रतिशत रहेको छ ।

यसैगरी रोगको प्रकोप दर ०.२७ प्रतिशत रहेको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठका अनुसार बाँकेका ८ स्थानिय तह मध्ये नेपालगंज उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या बढी देखिएको छ ।

जहाँ ७ सय ७२ जना संक्रमित छन । त्यसपछि कोहलपुर नगरपालिकाका, नरैनापुर र खजुरामा रहेका छन ।

Next Post

‘फिनसेन फाइल्स’ को नेपाल नाता

२०७७ आश्विन ५, सोमबार १८:२८
कृष्ण आचार्य, रामु सापकोटा र शिव गाउँले : खोज पत्रकारिता केन्द्र गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल […]

सम्बन्धित शीर्षक