आयात १९.६ प्रतिशतले घटेको छ भने निर्यात ८.८६ प्रतिशतले बढ्यो

  ।   २०७७ भाद्र ८, सोमबार १५:३९

चालू आर्थिक वर्ष २०७७-०७८ को पहिलो महिनामा नेपालले करिब साढे ९५ अर्ब रुपैयाँको वैदेशिक व्यापार गरेको छ ।

भन्सार विभागले आज जारी गरेको तथ्यांकअनुसार ९० मुलुकसँग (एक लाखभन्दा बढी कारोबार गर्ने) ९५ अर्ब ४२ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।

चालू आवको साउनमा भएको यो व्यापार १७.४२ प्रतिशत कम हो । गत वर्षको साउनमा नेपालले १ खर्ब १५ अर्ब ५६ करोड २४ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।

विभागका अनुसार नेपालले समीक्षा अवधिमा ८५ अर्ब ८० लाख रुपैयाँको सामान आयात गरेको छ भने ९ अर्ब ६२ करोड रुपैयाँको निर्यात गरेको छ ।

प्रतिशतका आधारमा आयात १९.६ प्रतिशतले घटेको छ भने निर्यात ८.८६ प्रतिशतले बढेको छ ।
न्युज कारोबारबाट

Next Post

३१ हजार ४ सय ४६ वटा नमुनाको जाँच गर्दा १ हजार ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि

२०७७ भाद्र ८, सोमबार १५:३९
नेपालगंज । बाँके जिल्लामा कोरोना संक्रमित हुनेहरुको संख्या ८ सय ३५ जना पुगेको छ । जसमध्ये ६ सय २८ जना ब्यक्तिहरु निको भएर घर फर्किएका छन । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठका अनुसार अहिले २ सय ०३ जना उपचारमा रहेका छन । बाँकेमा हाल सम्म ४ जनाको […]

सम्बन्धित समाचार