३१ हजार ४ सय ४६ वटा नमुनाको जाँच गर्दा १ हजार ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि

  ।   २०७७ भाद्र ८, सोमबार १६:२३

नेपालगंज ।
बाँके जिल्लामा कोरोना संक्रमित हुनेहरुको संख्या ८ सय ३५ जना पुगेको छ । जसमध्ये ६ सय २८ जना ब्यक्तिहरु निको भएर घर फर्किएका छन । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठका अनुसार अहिले २ सय ०३ जना उपचारमा रहेका छन ।

बाँकेमा हाल सम्म ४ जनाको मात्र कोरोनाबाट मृत्युभएको तथ्यांक छ । आज मात्रै पनि भेरी अस्पताल नेपालगंजको पीसीआर ल्यावमा गरिएको नमुनाहरुको जाँच अनुसार थप ४ र वागेश्वरी डाईग्नोष्टिकको ल्यावबाट २ जना गरी ६ संक्रमित थपिएका छन ।

जसमध्ये नेपालगंज ११ का ३ जना, नेपालगंज १० का २ दुई जना र अन्य १ जना बाँकेकै रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

यसैबीच भेरी अस्पताल नेपालगंजले हाल सम्म प्राप्त ३१ हजार ६ सय ३५ नमुना मध्ये ३१ हजार ४ सय ४६ वटा नमुनाको जाँच कार्य सकेको छ । जसमध्ये १ हजार ३ सय ९० जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।

Next Post

ज्ञानेन्द्र शाहीको अभिब्यक्तिलाई लिएर आलोचना भएपछि अन्तः माफी

२०७७ भाद्र ८, सोमबार १६:२३
विभिन्न बिषयलाई उठाएर बेला बखत चर्चामा आइरहने ज्ञानेन्द्र शाहीले नेपाली इसाइ समुदाय सँग माफी माग्नुभएको छ । सामाजिक संञ्जाल फेसबुक (अनुहार पुस्तिका) मार्फत आज एउटा सन्देश लेख्दै शाहीले माफी माग्नुभएको हो । ज्ञानेन्द्र शाहीले केही दिनअघि नेपालको राष्ट्रिय झन्डा जलाइनुमा इसाइको हात र प्रभाव रहेको भन्दै सार्वजनिक अभिब्यक्ति दिनुभएको थियो […]

सम्बन्धित शीर्षक