पौनी ३ करोडको हिसाबकिताब चित्तबुझेन कोहलपुर बासीलाई

कंग्रेस नेताले गरे सूचनाको माग

  ।   २०७७ भाद्र १२, शुक्रबार १४:०४

नेपालगन्ज । कोहलपुर नगरपालिकाले कोरोना नियन्त्रणका लागि खर्च सार्वजनिक गरे लगत्तै कोहलपुर बासीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । नगरपालिका संग प्रयाप्त मात्रमा सवारी साधन हुँदा हुँदै पनि सवारी साधन भाडामा मात्रै १९ लाख भन्दा बढि रकम खर्च भएको हिसाब सार्वजनिक हुनुले अनियमितताको असंका गर्न थालेका हुन् ।

नगरापलिका संग स्कारपियो १ थान, टाटा सुमो गाडी १ थान, टिप्पर १ र २ दर्जन बढि मोटर साईकल छन् । तर १९ लाख बरावरको भाडा तिर्ने गरि कुन प्रयोजनका लागि सवारी साधन प्रयोग भएका हुन भन्ने जिज्ञासा कोहलपुर बासीमा उत्पन्न भएको छ ।

त्यसै गरि क्वारेन्टाईन व्यवस्थापनमा ३० लाख बढि रकम, खाना र खाजा नास्तामा झण्डै १० लाख बढि रकम खर्च भएको बिवरण सार्वजनिक भएपछि अनुमानका भरमा खर्च गरिएको भन्दै नगरबासीहरुले बिरोध गर्न थालेको छन् ।

कोहलपुर नगरपालिका आफैले हालै केही दिन अघि मात्रै होटल अतिथिमा आईसोलेसन निर्माण गरेको छ । सो भन्दा अघि कोहलपुर ८ मा निर्माण गरिएको आईसोलेनको जिल्ला बिपत व्यवस्थापन समितीले व्यवस्थापन गरेको थियो ।

कतिपय क्वरेन्टाईनहरुमा क्वारेन्टाईनमा बस्नेहरुले आफैले स्वयम व्यवस्थापन गरेका थिए भन्दै सर्वसाधारणले नगरपालिकाको खुलेआम बिरोध गर्न थालेका छन् । जानकारहरुका अनुसार कतिपय क्वारेन्टाईमाहरुमा सहयोगी दाताहरुले सहयोग गरेका थिए तर नगरपालिकाले जथाभावी खर्च देखाएको आरोप सर्वसाधारणको छ । अन्य क्षेत्रबाट ठूलो मात्रामा जिन्सी समाना सहयोग गरेको भएपनि क्वारेन्टाईनमा ३० लाख बढि रकम खर्च देखाईनु आफैमा गलत छ । नगरपालिकाले कोरोना नियन्त्रणका लागि भन्दै बिहिबार मात्रै पौनी ३ करोड भन्दा बढी रकम खर्च बिवरण सार्वजनिक गरेको थियो ।

पौनी ३ करोड भन्दा बढी रकम मध्ये अधिकाँस रकम व्यक्तिको नाममा भुतानी गरेको पाईएकाले रकम अनियमीताको आशंका थप बढेको कोहलपुरका व्यवासायी दिपक केसीले बताउनु भयो ।
यस बिच कोरोना नियन्त्रण लागी कोहलपुर नगरपालिकाले गरेको खर्च अस्वभाबिक भएको भन्दै नेपाली काग्रेसका युवा नेता भुम भण्डारीले सुचना माग समेत गर्नु भएको छ ।

नेपालि काँग्रेस कोहलपुरका नगर सचिव भुम भण्डारीले नेपालको संविधानको धारा २७ र सुचनाको हक सम्वन्धि ऐन २०६४ को दफा ३ बमोजिम सुचना उपलव्ध गराउन माग गर्नु भएको हो । उहाले कोहलपुर नगरपालिका कार्यालयद्धारा हाल सम्म खरिद गरिएका राहत सामाग्रीहरुको विवरण र दर रेट मुल्य समेतको प्रमाणित प्रतिलिपि , नगरपालिका द्धारा राहत सामाग्री तथा विपत व्यवस्थापन सामाग्रीहरु सार्वजनिक खरिद ऐन अनुसार खरिदगरिएको भए सो को सम्पुर्ण विवरण सहित प्रमाणित प्रतिलिपि माग गर्नु भएको छ ।

नेता भण्डारीका अनुसार नगरपालिकाका विभिन्न वडाहरु द्धारा खरिद गरिएको राहत सामाग्रीको विवरण र दर रेट मुल्य समेतको प्रमाणित प्रतिलिपि ,कोहलपुर नगरपालिका द्धारा आ.व ०७५/०७६ र आव ०७६ /०७८ मा खरिद गरिएका सामाग्रिहरुको विवरण संख्या ,मर्मत सम्भार गरिएको संख्या विवरण र काम नलाग्ने सामाग्रीहरुको लिलाम बिक्रि संख्या विवरण माग गरिएको छ ।

भण्डारीले मिति २०७६/०७/१५ गते उच्च अदालत तुल्सीपुर इजलास कक्ष नेपालगंज द्धारा कोहलपुर छोटो दुरीको बसपार्क सम्वन्धि गरेको फैसला कार्यन्वयनको लागि कोहलपुर नगरपालिका नगरविकास द्धारा गरिएका कार्यहरु कार्यन्वयनको अवस्था र हाल सम्म गरिएको प्रगतिको प्रमाणित प्रति लिपि समेत माग गरेको बताउनु भयो।

Next Post

नेपालका चर्चित उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

२०७७ भाद्र १२, शुक्रबार १४:०४
उद्योगपति विनोद चौधरी कोरोना संक्रमित हुनुभएको छ । चौधरीले आज ट्वीट गर्दै पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो । उहाँले कोरोना संक्रमणको कुनै लक्षण आफुलाई नभएको र चिकित्सकको सल्लाहअनुसार आइसोलेनसमा बसेको उल्लेख गर्नुभएको छ । –नयाँपत्रिकाबाट