त्रिविको हाल सञ्चालित कुनै पनि परीक्षा नरोकिने

  ।   २०७८ श्रावण २४, आईतवार १८:११


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कुनै पनि परीक्षा नरोकिने बताएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आइतबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

‘अहिले सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकोले नियमित गर्ने र अब हुने परीक्षाहरु भने स्थिति अनुसार विकल्पमा जान सक्ने गरी निर्णय गरेका छौं’ उहाँले अनलाइनखबरसँग भन्नुभयो ।

त्रिविले सञ्चालन गरिरहेको वार्षिक परीक्षाहरु साउन २९ गते र सेमेष्टर प्रणालीका परीक्षा भदौ ५ गते सकिँदैछ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कक्षा १२ को परीक्षा स्थगित गरिएको छ भने अन्य परीक्षाहरु पनि रोक्नुपर्ने आवाज उठेको छ ।

तर त्रिविले भने धेरै विद्यार्थीको परीक्षा सकिइसकेको र बाँकी परीक्षा दिने विद्यार्थीको संख्या कम भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा दिँदा जोखिम नहुने बताएको छ । -अनलाइनखबर

Next Post

भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्की, विमानस्थलमा सुरक्षा बढाइयो

२०७८ श्रावण २४, आईतवार १८:११
एजेन्सी । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्की आएको छ । धम्कीपछि विमानस्थलमा सुरक्षा बढाइएको छ । एक अधिकारीका अनुसार अल कायदा सरगनाको नामबाट धम्कीसहितको इमेल प्राप्त भएको हो । एयरपोर्ट अपरेसन कन्ट्रोलले शनिबार यसबारे जानकारी दिएको थियो । करणवीर सूरी उर्फ मोहम्मद जलाल र उनकी […]