रिपोर्ट मोबाइलमै आउँछ, शंकास्पद व्यक्तिहरु प्रयोगशाला नआउनुस् : स्वास्थ्य मन्त्रालय

  ।   २०७७ भाद्र ३, बुधबार ०६:३४

नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको संक्रमण बढेसँगै पीसीआर परीक्षण गराउनका लागि नमुना दिएर आउने सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ ।

मन्त्रालयले मंगलबार सूचना जारी गर्दै परीक्षणका नमुना दिन जाँदा अन्यलाई संक्रमण गराउन सकिने तथा नमुना दिएर फर्कँदा बाटोमा जहिले सुकै जोकोहीबाट संक्रमण हुन सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको हो । संक्रमणको शंकामा नमुना दिएर फर्की आइसकेपछि जनस्वास्थ्यका न्युनतम मापदण्ड पालना नगरी भिडभाडमा निस्कने गरेको र रिपोर्ट लिन आफै जाने गरेको पाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले परीक्षण नतिजा मोबाइल फोन वा एसएमएसमार्फत आउने भएकाले मोबाइल नम्बर सही उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले नेगेटिभ रिपोर्ट आए मोबाइलमै एसएमस र पोजिटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी गराउने भएकाले शंकास्पद व्यक्तिहरु अस्पताल तथा प्रयोगशालामा रिपोर्ट लिन नजान आग्रह गर्नुभएको छ ।

Next Post

पीएसजी च्याम्पियन्स लिग फुटबलको फाइनलमा

२०७७ भाद्र ३, बुधबार ०६:३४
नेपालगन्ज । पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । राति भएको खेलमा आरबी लेइप्जिङलाई ३ शून्यले हराउँदै पीएसजी फाइनलमा पुगेको हो । युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो लगानीकर्ता पीएसजीले स्थापनाको लामो समयपछि पहिलो पटक सफलता प्राप्त गरेको हो । पीएसजीको जितमा मार्किन्होज, एन्जल डी […]