भारतले अर्को महिनादेखि कोरोना खोप निर्यात गर्ने

  ।   २०७८ आश्विन ५, मंगलवार ०७:४९

नयाँदिल्ली । भारतले अर्को महिना (अक्टोबर) देखि अरू देशलाई पनि कोरोनाभाइरसविरूद्धको खोप दिने भएको छ। प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मान्दभियाले सोमबार अक्टोबरदेखि विदेशमा खोप पठाउन सुरू गरिने बताउनु भएको हो ।

सेरम इन्स्टिच्युट अफ इन्डियाले अष्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयल बनाएको कोरोनाविरूद्धको खोप भारतमै उत्पादन गरिरहेको छ । कोभिसिल्ड नाम दिएको उक्त खोप सुरूमा भारतले अरू देशलाई पनि दिएको थियो ।

नेपाललाई भारतले सुरूमा १० लाख डोज खोप अनुदानमा दिएको थियो। पछि नेपालले सेरमसँग २० लाख डोज खोप किन्ने सम्झौता गरेको थियो । उक्त २० लाख डोजमध्ये नेपालले १० लाख डोज खोप पाएमात्र पाएको छ ।

भारतमा कोरोनाको दोस्रो लहर फैलिन थालेपछि खोप निर्यातमा प्रतिबन्ध लगाइएको थियो ।

भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएपछि कोभिसिल्डको पहिलो डोज लगाएका नेपालीले लामो समयसम्म दोस्रो डोज लगाउन पाएका थिएनन् । केही समयअघि जापान सरकारले अष्ट्राजेनेका खोप अनुदान दिएपछि उनीहरूले दोस्रो डोज लगाएका छन् । एजेन्सी

Next Post

युनेस्कोद्धारा बर्दियामा बाल संरक्षणकालागि जिल्लास्तरीय नितिगत सम्वाद कार्यक्रम सम्पन्न

२०७८ आश्विन ५, मंगलवार ०७:४९
नेपालगन्ज । जिल्ला समन्वय समिती बर्दियाको आयोजना र बाँके युनेस्को क्लबको समन्वय तथा सहयोगमा बर्दियाको गुलरियामा बाल संरक्षणका लागि जिल्लास्तरीय नितिगत सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ । क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको सहयोगमा बर्दियामा सञ्चालन गरिएको ‘बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना’ अन्तर्गत सो सम्वाद कार्यक्रम […]

सम्बन्धित समाचार