७ बोरा छोकडा सहित १३ बोरा केराउ प्रहरी नियन्त्रणमा

  ।   २०७७ आश्विन २२, बिहीबार १८:३७

नेपालगन्ज । बाँकेको डुडुवा गाउपालिका १ पिप्रहवामा प्रहरीले ७ बोरा छोकडा सहित १३ बोरा केराउ नियन्त्रणमा लिएको छ । अवैध रुपमा भन्सार छली भारत लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी बाँकेबाट खटिएको प्रहरी टोलिले बरामद गरेको हो ।

प्रहरीले बरामद गरेको छोकडा र केराउ नेपालगन्ज भन्सार कार्यालय पठाएको छ । सो घटनामा डुडुवा- २ का ३० बर्षिय सलिम नाउ, २३ बर्षिय महेमद हुसेन, २३ बर्षिय अजमत अली, २४ बर्षिय ओमप्रकाश बानिया र ३० बर्षिय रमेश कुमार यादवको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

Next Post

गैंडाको प्राकृतिक मृत्युदर बढेपछि अध्ययन गरिँदै

२०७७ आश्विन २२, बिहीबार १८:३७
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैंडा मर्न थालेपछि यसको अध्ययन गरिने भएको छ । प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मृत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक प्रेमनारायण कँडेलको निर्देशनपछि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग […]