खजुरामा गठबन्धन द्वारा नौ सदस्यीय बार्ता टोलि गठन

  ।   २०७८ चैत्र १९, शनिबार २०:५६

नेपालगन्ज । खजुरा गाउपालिकामा चुनावी गठबन्धन गरेर अगाडि बढ्न ९ सदस्यीय बार्ता टोलि गठन भएको छ । गठबन्धन गरेर जाने केन्द्रको निर्णयलाई स्वागत गर्दै बसेको बैठकले गठबन्धनबाट उम्मेदवार चयन गर्न ९ सदस्यीय बार्ता टोलि गठन गरेको हो ।

नेपाली कांग्रेसका सभापति रमेश सिजालीको अध्यक्षतामा बसेको बठकले सो निर्णय गरेको छ । माओवादी केन्द्र खजुरा गाउपालिका अध्यक्ष राजकुमार बिक, सचिव धनिराम ओली, सहसचिव खडक बहादुर ओली, नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं. ३ प्रदेश ख सभापति राजेन्द्र आचार्य, समाज वादी लुम्बिनी प्रदेश सदस्य होम नाथ साप्कोटा, समाज बादी खजुरा अध्यक्ष जित बहादुर खत्रीको उपस्थिति रहेको थियो । सनिवार भएको सो बैठकले केन्द्रको निर्णयलाई कार्यान्वयन गरेर जाने बताएको छ । खजुरामा पुरै गठबन्धनले जित्ने गरि अभ्यास गर्ने र सबैको चित्त बुझ्ने गरि निर्णय गर्ने खजुरा गठबन्धनका नेताहरूले बताएका छन् ।

Next Post

नेकपा माओवादी केन्द्रका ३ भाइको दौड रोकिएको छैन

२०७८ चैत्र १९, शनिबार २०:५६
नेपालगन्ज । कम्युनिस्ट राजनीतिमा लामो समय देखि लाग्नु भएका नवीन शर्माले नेपालगन्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारीमा दावी गर्दै आउनु भएको छ । नेकपा माओवादी केन्द्रबाट आफ्नो उम्मेदवारी जबर्जस्त रुपमा अगाडि बढेको नेता शर्मा बताउनु हुन्छ । उसो त नेकपा माओवादी केन्द्रबाट २ जना अरुले पनि नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदको दावी गर्दै […]