सरकारी मापदण्ड अनुसार मोहर्रम पर्व मनाउन मुस्लिम अगुवाहरुको आग्रह

  ।   २०७७ भाद्र ९, मंगलवार २०:२९

पवन कुमार चौधरी

नेपालगन्ज । कोभिड-१९ कोरोना भाइरसको कारण मुस्लिम समुदायको महान पर्व मोहरम पर्व पनि प्रभावित भएको छ । कोरोन नफैलन दिन आज मंगलबार मस्लिम समुदायका अगुवाहरुले यस पटकको मोहर्रम पर्व घरमै बसेर मनाउन पत्रकार भेटघाट मार्फत सबै मुस्लिम धर्मावलम्बीहरुलाइ आग्रह गरेका छन् ।

पत्रकार भेटघाटको आयोजना गरि अगुवाहरूले सो मोहर्रम पर्व घरमा बसेर मनाउने निर्णय सार्वजनिक गरिएको हो ।

सरकारको कोभिड विरुद्धको राष्ट्र बचाउ अभियानमा लाग्न नेपाल मोहर्रम तथा संरक्षण समितिले पत्रकार सम्मेलन मार्फत अपिल गरिएको प्रवक्ता मो. हारुनले गुडन्युज खबर संग बताउनु भयो । भदौ १३ गते सनिवारका दिन घर अगाडि ताजिया राख्ने र १४ गते आइतबार परेको मोहर्रमका दिन भौतिक दुरि कायम गर्दै ताजिया विसर्जन गर्न समितिले जनाएको छ ।

मोहर्रम पर्व एवं कर्बला समितिका अध्यक्ष एवम् सांसद मो. याकूब अन्सारी, नेपाल मोहर्रम तथा संरक्षण समितिका अध्यक्ष मेराज हलवाई, नेपाल मोहर्रम समिति धम्बोझीका अध्यक्ष मेराज हिमाल, प्रवक्ता मोहम्मद हारुन लगायतले सो पत्रकार भेटघाट कार्यक्रममा आ-आफ्ना धारणा राख्नु भयो ।

Next Post

सातामा २०.५५ प्रतिशत डिस्चार्ज

२०७७ भाद्र ९, मंगलवार २०:२९
नेपालगन्ज । बाँकेका मिडियामा १ भदौको बिहानैदेखि एउटै समाचार थियो, नेपालगन्जका प्रवक्ता वडा नंं. १ का अध्यक्ष डिस्चार्ज हुँदैहुन्छ । बिहानै वडाध्यक्ष रिजालसँगै ११ जनाले कोरोना जितेका थिए । जसमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका बालरोग विशेषज्ञ डा.रोमा बोरा पनि रहनुभएको थियो । यही समूहमा नेपालगन्ज उपमहानगरपालिकाका २ जना […]