
फोटो: गुड न्युज
नेपालगन्ज ।
बाँकेका मिडियामा १ भदौको बिहानैदेखि एउटै समाचार थियो, नेपालगन्जका प्रवक्ता वडा नंं. १ का अध्यक्ष डिस्चार्ज हुँदैहुन्छ । बिहानै वडाध्यक्ष रिजालसँगै ११ जनाले कोरोना जितेका थिए ।
जसमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका बालरोग विशेषज्ञ डा.रोमा बोरा पनि रहनुभएको थियो । यही समूहमा नेपालगन्ज उपमहानगरपालिकाका २ जना इन्जिनियरसहितको टोली पनि थियो । त्यही दिन बाँकेमा ४ जनालाई मात्र कोरोना संक्रमण भएको थियो ।
भदौ महिनाको पहिलो उच्च तहका व्यक्तिसहितले व्यक्तिले सुखद सुरुवात गरे पनि २ भदौमा भने नेपालगन्ज ५ का ६२ वर्षका ब्यक्तिको कोरोेनाबाट मृत्यु भयो । उहाँको नेपालगन्ज मेडिकल शिक्षण अस्पतालमा नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
भदौको २ गते डिस्चार्ज हुनेभन्दा नयाँ संक्रमित थपिने संख्या ३ ले बढी थियो । १३ जनाले कोरोना जितेका थिए भने संक्रमित १६ जना थपिएका थिए । तेस्रो दिन १३ जना संक्रमित त थपिए तर एक जना पनि डिस्चार्ज भएनन् ।
४ भदौमा प्रदेशसभा सदस्य कृष्णा केसी नमूनासहित २८ जनाले कोरोना जितेका थिए । नयाँ संक्रमित भने २४ जना थपिएका थिए ।
नमुना भेरी अस्पतालको आइसोलेसनबाट उहाँनी डिस्चार्ज हुनुभएको हो । सांसद नमूनाले कोरोनाबाट जोगिन अझै सावधानीको खाँचो रहेको बताउनुभएको थियो ।
५ गते त बाँके जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी ५१ जनाले कोरोना जितेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठ, पत्रकार खगेन्द्र दाहाल लगायतका व्यक्ति धम्बोझीस्थित सिटी प्यालेस होटलबाट डिस्चार्ज हुनुभएको थियो ।
जबकी यो दिन २० जना संक्रमित फेला परेका थिए । ६ गते भने १४ जना नयाँ संक्रमित थपिँदै गर्दा २१ जनाले कोरोना जितेका थिए । ७ गते भने एकैदिन वडा प्रहरी कार्यालय नेपालगन्जका २९ प्रहरीसहित ४६ जना डिस्चार्ज भएका थिए भने ८ जना संक्रमित भने थपिएका थिए ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भदौ महिनाको सात दिनमा ९९ जनामा कोरोना संक्रमण हुँदा एक सय ७० जना डिस्चार्ज भएका छन् । जुन कोरोना संक्रमणको तुलनमा डिस्चार्ज हुने ५८.२३ प्रतिशत बढीले बढी हो ।
जिल्लाभरी कूल संक्रमित ८३० मध्ये ६१४ त डिस्चार्ज नै भएका छन् । जुन कूूल कोरोना संक्रमणको २०.४८ प्रतिशत डिस्चार्ज त यो एक सातामा मात्र भएका छन् ।
नयाँ संक्रमित थप भने कूल कोरोना संक्रमितमा ११.९२ प्रतिशत भदौको पहिलो हप्ता बढेका छन् । जुन कोरोना नयाँ संक्रमित थपिएको भन्दा निकोे हुने ८.५६ प्रतिशतले बढी हो । बाँके जिल्लाको आइसोलेसनमा २११ उपचाररत र ४ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।
साउन महिनाभरी कोरोना संक्रमित धेरै फेला पनि भदौमा भने डिस्चार्ज हुनेको संख्या भने बढेको हो । कोरोना फोकल पर्सन श्रेष्ठ विगतमा जस्तो एउटै ठाउँमा धेरै जनामा कोरोना पुष्टि नभएर छरिएर आउने गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख रामबहादुर चन्द भने कोरोना परीक्षणको दायरा बढाउँदा मात्र कोरोना घटेको वा बढेको आँकलन गर्न सकिने दाबी गर्नुहुन्छ ।
-गुड न्युज साप्ताहिकबाट…