आज पनि कोरोना संक्रमित भन्दा निको हुने बढी, बाँकेमा शनिवार १३ संक्रमित थपिए, १० डिस्चार्ज

  ।   २०७८ भाद्र १२, शनिबार १७:३९

काठमाण्डौ । लगातार दोस्रो दिन आज पनि कारोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या धेरै भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई हजार दुई सय २२ जना निको भएका छन् । अहिलेसम्म नेपालमा सात लाख १० हजार चार सय ५२ जना संक्रमण मुक्त भएका छन् । यस्तै २४ घण्टामा एक हजार आठ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् ।

पीसीआर र एण्टिजेन गरी १३ हजार एक सय ७६ जनाको परिक्षण गर्दा एक हजार आठ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा परीक्षण गरिएकामध्ये १४ प्रतिशतमा संक्रमण देखिएको छ । आज थपिएकासहित नेपालमा संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ४० हजार ८ सय ५ जना पुगेको छ । हिजो पनि संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी थियो ।

यस्तै थप २७ जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ६ सय ९० जना पुगेको छ । अहिले नेपालमा ३६ हजार ८ सय ६६ जना सक्रिय संक्रमित रहेकोमा ६ सय १५ जनाको आईसीयू र एक सय ७४ जनाको भेण्टिलेटरमा उपचार भइरहेका छ ।

बाँकेमा शनिवार १३ संक्रमित थपिए, १० डिस्चार्ज

बाँके । बाँकेमा शनिवार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको तीन वटा प्रयोगशालामा गरिएको १ सय १० नमुना परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा ४८ नमुना परीक्षण गर्दा ८ जना, कोहलपुर मेडिकल कलेजमा ३६ नमुना परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

बागेश्वरी ल्याबमा २६ जनाको नमुना परीक्षण गर्दा सबै नेगेटिभ आएको उहाँले बताउनुभयो ।

यस्तै कोरोनामुक्त भएर शनिवार १० जना डिस्चार्ज भएका छन् । अहिलेसम्म बाँकेमा १७ हजार ५ सय ४० जना संक्रमण मुक्त भएका छन् ।

Next Post

आउँदो सोमबारसम्मै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

२०७८ भाद्र १२, शनिबार १७:३९
काठमाण्डौ । अझै केही दिन मनसुन सक्रिय रहने भएकोले देशभर पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले तराई नजिक रहेको मनसुन न्यून चापीय रेखा अझै केही दिन रहने भएकोले आउँदो सोमबारसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । केही ठाउँमा दिउँसोपख केहीबेर घाम लागे पनि देशका धेरैजसो ठाउँमा […]

सम्बन्धित शीर्षक