आउँदो सोमबारसम्मै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

  ।   २०७८ भाद्र १२, शनिबार १७:५७

काठमाण्डौ । अझै केही दिन मनसुन सक्रिय रहने भएकोले देशभर पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले तराई नजिक रहेको मनसुन न्यून चापीय रेखा अझै केही दिन रहने भएकोले आउँदो सोमबारसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

केही ठाउँमा दिउँसोपख केहीबेर घाम लागे पनि देशका धेरैजसो ठाउँमा बादल लागेर सामान्यदेखि मध्ययम खालको वर्षा हुने र केही ठाउँमा ठूलो वर्षाको पनि सम्भावना रहेको उहाँले बताउनुभयो । सामान्यतया न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आउँदा केही दिनमै भारततर्फ सर्ने गरेको भए पनि यस वर्ष केही लामो समय रहेकोले लगातार पानी परिरहेको मानन्धरले बताउनुभयो ।

मंगलवार देशका धेरैजसो ठाउँमा घाम लाग्ने र मंगलवार रातिदेखी नै फेरि मनसुन सक्रिय भइ केही दिन देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ । महाशाखाका अनुसार विशेषगरी प्रदेश १ मा दैनिकजसो बदली र धेरै ठाउँमा पानी पर्ने सम्भावना देखिन्छ भने बाँकी प्रदेशमा पनि मौसम बदली भएर सामान्य र मध्ययम देखि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

निरन्तर पानी पर्दा बाढी, पहिरो, डुबान लगायतको समस्या हुने भएकोले सचेत रहन मौसम पूर्वानूमाान् महाशाखाले आग्रह गरेको छ ।

Next Post

बाँके युनेस्को क्लबको ३२ औं साधारणसभा भव्य रुपमा सम्पन्न

२०७८ भाद्र १२, शनिबार १७:५७
नेपालगञ्ज । बाँके युनेस्को क्लबको ३२ औं साधारणसभा भव्यतापुर्वक शनिवार सम्पन्न भएको छ । एक भव्य कार्यक्रमका विच सो साधारणसभाको उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले नेपालगन्ज लगायत बाँके र बर्दिया जिल्लामा लामो समयदेखि क्लबले उत्कृष्ट कार्य गर्दै आएको बताउनुभयो । उहाँले कोभिड नियन्त्रणदेखि बाल संरक्षण, शिक्षा […]