कोहलपुरका ६५ बर्षिय पुरुषको मृत्यु

  ।   २०७८ मंसिर १०, शुक्रबार १६:५८

संवाददाता, नेपालगंज ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ का कोरोना संक्रमित ६५ बर्षिय पुरुषको आज दिउँसो साढे २ बजेतिर मृत्युभएको छ ।

८ गते भेरी अस्पताल नेपालगंजमा पीसीआर जाँचका क्रममा कोरोनाको संक्रमण पुष्टि भएपछि उहाँलाई भर्ना गरिएको थियो । यो सगैं बाँकेमा कोरोनाको महामारी शुरु भएयता हालसम्म ज्यान गुमाउनेको संख्या ३४२ जना पुगेको छ ।

यस्तै बाहिरी जिल्लाबाट उपचारका लागी बाँकेमा आई मृत्युहुने कोरोना संक्रमितको संख्या भने ४३३ जना रहेको जिल्ला कोभिड ब्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

Next Post

राखेपमा नयाँ बोर्ड सदस्य नियुक्त

२०७८ मंसिर १०, शुक्रबार १६:५८
संवाददाता । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को रिक्तस्थनमा पदपूर्ति गरेको छ । मंसिर ९ को मन्त्रीस्तरीय निर्णयबाट ८ जनालाई राखेपको बोर्ड सदस्यमा नियुक्त गरिएको हो । नव नियुक्त सदस्यहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ । राखेपको […]