संवाददाता ।
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को रिक्तस्थनमा पदपूर्ति गरेको छ । मंसिर ९ को मन्त्रीस्तरीय निर्णयबाट ८ जनालाई राखेपको बोर्ड सदस्यमा नियुक्त गरिएको हो ।
नव नियुक्त सदस्यहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ ।
राखेपको बोर्ड सदस्य नियुक्त हुनेमा काठमाण्डौंका मोहमद फाजिल, हेटौंडाका लामा पेमा डोल्मा, मकवानपुरका जनक प्रसाद बर्तौला, बर्दियाका दिपेन्द्र विष्ट, रुकुमका प्रकाश कुमार कुसारी, भक्तपुरका बिना नवाछे श्रेष्ठ, गोरखाका अन्जन धमला र बाँकेका श्रीमान थापा मगर रहनुभएको छ ।
मन्त्रालयले गत साता राखेपका ९ जना बोर्ड सदस्यलाई पदमुक्त गरेको थियो ।