पाल्पाको बैकुण्ठे भिरमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु

  ।   २०८० कार्तिक ५, आईतवार २०:१८

पाल्पाको रानीमहलतर्फ जाँदै गर्दा बैकुण्ठे भिरमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । आइतबार बेलुका करिब ५ बजेतिर जीप बैकुण्ठे भिरबाट बराङ्गदी खोलामा खसेपछी दुर्घटनास्थलमै उनीहरुको मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाका अनुसार दुर्घटनाको वास्तविक कारण पत्ता न लागे पनि, सो सडक खण्ड अलि साघुरोनै रहेको र घाइते चालक ईश्वर बहादुर लोहनी पहिलो पटक सो स्थानमा गएका थिए ।

“घाइतेको पाल्पास्थित मिसन अस्पतालमा उपचार हुँदै छ । भौगोलिक बनावटका कारणले पनि उद्धारकार्य कठिन भएको हो । घटनाका बिषयमा पनि अनुसन्धान जारी छ,” प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताउनु भयो । मृतकहरु नवलपरासीको हुनु पर्ने अनुमान रहेको छ ।

Next Post

शसस्त्र प्रहरीले काठमाडौंमा टिकाको दिन नि:शुल्क बस सेवा दिने

२०८० कार्तिक ५, आईतवार २०:१८
काठमाडौ । सशस्त्र प्रहरीले मंगलबार विजया दशमी (टीका) को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सेवा दिने भएको छ । दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यकामा दुई वटा रुटमा निःशुल्क सेवा दिने सशस्त्रले जनाएको छ । दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ […]